शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

भद्राकुमारी घलेको गाँउमा पनि बल्यो बिजुली

शुक्रवार , जेठ २१, २०७८

सिन्धुली – सिन्धुली जिल्लाबाट प ञ्चायतकालमा पहिलो मन्त्री बन्नु भएकी भद्राकुमारी घलेको जन्मथलो तीनपाटन गाँउपालिका–९ आम्बोटे रि ठ्ठेमा पहिलो पटक बिजुली बत्ति बलेको छ ।

विश्व बैंकको सहयोगमा रिठ्ठेमा बिद्युत प्रशारण लाईन बिस्तारको सबै काम पुरा भएपछि दुई दिन अघि राष्ट्रिय विद्युत प्रशारण लाईनसँग जोडिएसँगे अहिले घर घरमा बत्ति ब ल्न सुरु भएको गाँउपालिकाले जनाएको छ । रिठ्ठेमा जन्मनु भएकी सुश्री घले प ञ्चायतका लमै जिल्लाबाट पहिलो राज्य मन्त्री बनेर ईतिहास रच्नु भएको थियो ।

गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापाका अनुसार रिठ्ठेमा रहेका ८४ घर मध्ये अहिले ५० घर जतिमा राष्ट्रिय विद्युत प्रशारण लाईनको बत्ति बलि सकेको छ । बाँकी घरमा विद्युत बिस्तारका लागि पोल न पुगेर बत्ति बल्न बाँकी रहेको र अब तीन महिना भित्र रिठ्ठेमा सबैको घरमा उक्त प्रशारण लाईनको बत्ति बल्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार साबिक आम्बोटे गाविस अर्थात हालको ९ नम्बर वडामा करिब ९ सय घर धुरी रहेका छन् । ती मध्ये अब १५० घर धुरीमा बिजुली बत्ति बाल्न बाँकी रहेको र अबको दशैंसम्म सबैको घरमा बत्ति बाल्ने गरी काम अघि बढाईने गाँउपालिका अध्यक्ष थापामगरले सुनाउनुभयो ।

तीनपाटन गाँउपालिकाका ११ वटा वडा मध्ये १० वटा वडा राष्ट्रिय विद्युत प्रशारण लाईनसँग जोडिई सकेका छन् । वडा नं. ७ तोश्रामखोला उक्त विद्युत लाईनसँग जोडिन बाँकी रहेको र उक्त वडामा पनि विद्युत बिस्तार कार्य सबै सकिएको सँबै सकिएको र छिट्टै बत्ति बल्ने गाँउपालिकाले जनाएको छ ।

तीनपाटन गाँउपालिकाका ११ वटै वडामा गरी ९० प्रतिशत ठाँउमा बिद्युत बिस्तार कार्य सकिएको उहाँको भनाई छ । विश्व बैंक, गाँउपालिका, बागमती प्रदेस सरकार र नेपाल विद्युत प्राधिकरणले ती वडामा बिद्युत बिस्तार गरेको गाँउपालिका अध्यक्ष थापामगरले सुनाउनुभयो ।

प्रतिक्रिया