शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कोरोना लागेर मृ’त्यु भएको व्यक्तिको परिवारलाई क्ष’ति’पू’र्ति दिईने

बिहिवार , जेठ २०, २०७८

सिन्धुली,– सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना सं’क्रमणबाट मृ’त्यु भएका व्यक्तिको परिवारलाई क्ष’ति’पु’र्ति स्वरुप १५ हजार रुपैया स’हयोग गर्ने निर्णय गरेको छ ।

कमलामाई नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र कोरोना सं’क्रमणबाट मृ’त्यु भएका व्यक्तिको परिवारलाई क्ष’ति’पु’र्ति स्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेको मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकार आफैमा स्वायत्त संस्था भएको र आफ्ना नागरिकलाई केही थोरै रकम भएपनि क्ष’ति’पू’र्ति स्वरुप सहयोग गरौ भन्ने उद्देश्यले उक्त निर्णय गरेको बताउनुभयो । जिल्लाका अन्य पालिकाले भने उक्त निर्णय गरेका छैनन् ।

दोस्रो लहरको कोरोना सं’क्रमण सुरु भएपछि सिन्धुली जिल्लामा हालसम्म २५ जनाले ज्या’न गु’माई सकेको छन् । ती मध्ये कमलामाई नगरपालिकामा मात्रै पाँच महिला र नौ जना पुरुष गरी १४ जनाले ज्या’न गु’माएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कमलामाई नगरपालिकाका १४ वटा वडा मध्ये वडा नं. ३ मा एक जना, वडा नं. ४ मा चार जना, वडा नं. ५ मा दुई जना, वडा नं. ६ मा दुई जना, वडा नं. ७ मा तीन जना, वडा नं. ९ मा एक जना र वडा नं. १४ मा एक जना रहेका छन् । हालसम्म जिल्लामा रहेका कुल एक हजार ५५२ जना सं’क्रमित मध्ये कमलामाई नगरपालिकामा मात्रै ४०१ जना रहेका छन् ।

प्रतिक्रिया