सिन्धुली – कमलामाई नगरपालिका ६ वटा माध्यामिक विद्यालयलाई स्कुल बस र दुई वटा माध्यामिक विद्यालयलाई डिजिटल आईसिटि ल्याव उपलब्ध हुने भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जिल्लाका माध्यामिक विद्यालयहरुलाई उक्त सेवा उपलब्ध गराउने बागमती प्रदेशसभा सदस्य विनोद खड्काले बताउनुभयो
।
उहाँका अनुसार विद्यार्थीलाई विद्यालय सम्म पुग्न सहज होस भन्ने उदेश्यले बसको व्यवस्था गरेको र कम्प्युटरको माध्यमबाट विद्यार्थीको सिकाईमा थप उ र्जा साथै शिक्षण सिकाईमा वृद्धि विकास गर्नको लागि आईसिटि ल्याव सेवा दिईएको हो ।
कमलामाई नगरपालिका वडा नं. ६ को गौमती मा बि, वडा नं. ५ को जनज्योति मा बि फोस्रेटार, कमला जनज्योति मा बि सिलामे, वडा नं. ७ को श्री मा बि गडौली, कालिका मा बि पल्लो रामपुर, वडा नं. ४ को कमला मा. बि. ढ्ग्रेबासलाई स्कुल बस दिईने छ ।
त्यस्तै, वडा नं. ९ को जनजागृती मा बि भिमान र वडा नं. २ को जनजागृती मा.वि. निबुवाटारलाई आईसिटि ल्याव सेवा दिईने भएको छ ।
सांसद खड्का र मेयर खत्रीको जस लिने हो ड बाजी
बाग्मती प्रदेशसभा सदस्य विनोद कुमार खड्का र कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री जस लिने हो ड बा जीमा देखिएका छन्।
अहिले बाग्मती प्रदेश सरकारले दिएको स्कुल बस र डिजिटल ( आइसिटी ) ल्याबको सांसद खड्का र मेयर खत्री बिचमा जस लिनको लागि सा माजिक स ञ्जालमा हो ड बाजी नै देखिएको छ ।
बाग्मती प्रदेशसभा सदस्य विनोद कुमार खड्काले बुधवार दिउँसो करिब दुई बजे तिर आफ्नो फेस्बुक मार्फत उनले आफ्नो निर्वाचन क्षेत्रका माद्यामिक बिद्यालयहरुमा स्कुल बस र डिजिटल ( आइसिटी ) सेवा उपलब्ध गराउने निर्णय गरेकोमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय लाई धन्यवाद दिएका थिए।
त्यसै गरी कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीको सचिवालयबाट स ञ्चालन गरिएको फे स्बुबाट खड्का ले पोस्ट गरेको करिब १ घण्टा पछि कमलामाई नगरपालिकाको सिफारिस र प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले नगर भित्रका विद्यालय मर्जिङ भएर आएका माध्यमिक बिद्यालय हरुलाई स्कुल बस र आइसिटी ल्याब स्वीकृत भएको भन्दै तत्कालीन जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुइँटेल लाई धन्यवाद दिएको छ।यसबाट उनीहरूको जस लिने हो ड बा जी प्र स्ट देख्न सकिन्छ ।
यस विषयमा बाग्मती प्रदेशसभा सदस्य विनोद कुमार खड्काले भने, ‘यो काम मेरो पहल मानै भएको हो । तर सिफारिस नगरपालिकाले दिएको होला? तर अहिले साथीहरू जस लिनको लागि सा माजिक स ञ्जालमा उ त्रिनु भएको छ।’
मुख्यमन्त्री प्रेस संयोजक प्रकाश दाहालले स्थानीय तह र प्रदेश सांसदको उतिकै भूमिका रहने जानकारी दिए । उनले भने, ‘प्रदेश सरकारको बजेट हो सिफारिसको लागि स्थानीय तहको भूमिका हुन्छ भने त्यसको पहलको लागि प्रदेश सांसदको हुनु भूमिका स्व भावीकै हुन्छ ।’