शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बालबालिका ईन्टरनेटमा झुम्मिदा अभिभावकमा चिन्ता

बिहिवार , जेठ २०, २०७८

सिन्धुली –ः निषेधाज्ञाको समयमा घर परिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलि रहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ ।

कोरोना सं क्रमणको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जेठ २५ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएको अभिभावकमा गुनासो पाईन्छ । बालबालिका एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झुण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो ।

अध्ययन गर्न काठमाडौँ जानु भएका कमलामाई नगरपालिका–४ निवासी १५ वर्षीय एक किशोर आजभोलि कोरोना संक्रमणका कारण आफ्नो घर आउनुभएको छ । पहिला पहिला काठमाडौँबाट घर आउँदा परिवारका सबै सदस्यसँग समय व्यतीत गर्न रुचाउने उनको व्यवहारमा आजभोलि आएको परिवर्तन देखेर परिवारका सदस्यहरू चिन्तित भएका छन् ।

सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर आजभोलि घण्टौँसम्म बन्द कोठामा खानेकुराको पर्वाह नगरी इन्टरनेटमा झुम्मिन थालेपछि परिवारमा चिन्ता थपिएको अभिभावक बिरबहादुर श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला काठमाडौँबाट घर आउँदा साथीभाइ, अभिभावक तथा आफन्तहरूसँग बढी समय रमाउँथ्यो, एक्लै बस्न कत्ति पनि रुचाउँदैन थियो । तर यसपालि के पो हो । एकान्तमा बसेर त्यो ‘फ्री फायर गेम’ खेल्छ ।”

नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमणबाट बच्न सङ्घर्ष गरि रहनु भएका कमलामाई नगरपालिका– ५ निवासी बिष्णुहरी न्यौपानेलाई यो निषेधाज्ञाको समयमा कोरोनाभन्दा पनि आफ्नी १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर खेलिरहने इन्टरनेट गेमका कारण छोरीको मानसिक अवस्था केही होला कि भन्ने डरले सताएको छ ।

ह प्काउँदा वा क ुटपिट गर्दा केही बालबालिकाले आफ्नो ज्यान जोखिममा पारेको सुन्नुभएका बिष्णुहरी छोरीलाई हप्काउन वा तर्साउन आफैँ डराउने गरेको बताउनुहुन्छ ।

‘घरमा हामी आमाबाबुले बोलाउँदा नसुन्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले अझै चिन्ता थपिएको छ’, उहाँले भन्नुभयो, ‘कहिले काहीँ मौका पारेर उसले प्रयोग गर्ने मोबाइल लुकाइ दिँदा पनि गेम खेल्न नपाउँदा झिँजो मान्ने गरे झगडा गर्ने जस्ता बानिको बिकास भएको छ ।’

१० देखि १५ वर्षसम्मका बालबालिका घण्टौँसम्म इन्टरनेटमा बिताइ रहँदा उनीहरूमा मानसिक समस्या देखिने तथा आफूले खेलिरहेको खेलबाहेक अन्य कुनै कुराको ध्यान नहुने यहाँसम्म कि समयमा खाना समेत नखाने, अभिभावकले खाना खान बोलाउँदासमेत झर्किने, अभिभावकसँग झगडा गर्ने स्वभाव बढ्दै बताईएको छ ।

अभिभावकले समयमै बालबालिकाको यो लतलाई नियन्त्रण गर्न प्रयास नगर्ने हो भने पछि गएर ठूलो समस्या हुने भन्दै अभिभावकले बढीभन्दा बढी समय आफ्ना बच्चाहरूसँग बिताउनु पर्ने जानकारह बताउछन् ।

प्रतिक्रिया