सिन्धुली,– जिल्लामा कोरोना सं क्रमणका बिरामी ती ब्र रुपमा ब ढी रहेको बेला नेपाल विद्यार्थी संघ सिन्धुलीले आईतबार सिन्धुली अस्पताल र ब्लड बैंकलाई स्वा स्थ्य सामग्री सहयोग गरेको छ ।
स्वा स्थ्य संस्थासँग नेवि संघ अभियान अन्तर्गत सिन्धुली अस्पताल र ब्लड बैंकलाई स्वा स्थ्य सामग्री सहयोग गरेको नेवि संघ सिन्धुलीले जनाएको छ । संघका जिल्ला अध्यक्ष उत्पल खड्काका अनुसार सिन्धुली अस्पताललाई स ेनिटाईजर ५५ लिटर, मास्क दुई हजार पिस, डिटोल साबुन एक सय पिस र आईसोलेसनमा बसेका बिरामीलाई मुडफ्रेसका लागि अध्ययन गर्न किताब सहयोग गरिएको हो ।
ती स्वा स्थ्य सामग्री नेपाली काँग्रेसका जिल्ला सभापति उज्वल बरालले सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट उमेस प्रधानलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै ब्लड बैंकलाई १० लिटर सेनिटाईजर, माक्स तीन सय पिस, डिटोल साबुन ३६ पिस र फ्रुटी दुई कार्टुन सहयोग गरेको नेबि संघ अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
उक्त स्वा स्थ्य सामग्री ब्लड बैंकका कर्मचारी बेदबहादुर बस्नेतलाई नेपाली काँग्रेस जिल्ला सभापति बरालले हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य संस्थासँग नेबि संघ अभियान अन्तर्गत अरु पालिकामा रहेका स्वा स्थ्य संस्थालाई पनि स्वा स्थ्य सामग्री क्रमैसगँ सहयोग गर्दै जाने नेबि संघ अध्यक्ष खड्काले जानकारी दिनुभयो ।