अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो ।उक्त महोत्सवमा बद्री पंगेनी, शङ्कर बिसी, पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए ।
सानै देखी नाच्न भनेपछी हु रुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो । पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु।बद्रीले गीत गाउन सुरु गरे ।
अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले ।बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु था के । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् ।
बद्रीले ‘हुन्छ’को आ श्वसन दिए । एसएलसीपछि भा गेर काठमाडौं ल पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्र शंसा गर्थे तर, परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको प टक्कै म न प राउनु हुन्नथ्यो’, उनी सम्झन्छिन् ।
२०७२ सालमा एसएलसी परिक्षा दिएपछि अन्जली भा गेर काठमाडौं आइन् ।बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन्, ‘हिराले हिरा चिन्छ रे ।उहाँले मेरो प्रतिभालाई चिन्नुभयो ।’ भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् ।दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अ प्ठ्यारो पनि झे लिन् ।
तर, दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मो डलिङ गर्ने अवसर दिए ।बद्री र मिरा गिरीको स्वरमा रहेको ‘खर बारीमा’ बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीतबाट डे ब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो ।
पहिलो भिडियोमा आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् ।स्टेज र क्यामेरामा नाच्च फरक रहेछ’, अन्जली भन्छिन्, ‘आफ्नो क मजोरी आफैं पत्ता लगाएर सु धार्न थालेँ ।
बद्री पंगेनीले लगातार तिन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो ।पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’मा अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थाले ।
बोल माया’बाट व्यापकता अञ्जलीले काम गरेको करिब २०० भन्दा बढि भिडियोमध्ये आधामा प्रकाश सपुत पनि थिए ।अन्जली जस्तै भिडियो मोडलिङमा जम्न खोजिरहेका प्रकाशले आफैं गीत लेखेर भिडियोका लागि मोडलहरुलाई अफर गरे तर, धेरैले अस्विकार गरे ।
त्यसपछि उनले अञ्जलीलाई सम्झिए । त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबाआमासहित सबैले मन पराए । गीत मार्मिक थियो ।त्योबेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सकारिसकेका थिए ।उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बे स्सरी रो इन् ।