शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ५ महिनाको बच्चीले कोरोना जितिन्

बुधवार , जेठ १२, २०७८

सिन्धुली – सिन्धुलीमा बुधबार कमलामाई नगरपालिका १ का एकै परिवारको आमा,बुवा र ५ महिने छोरी सहित ४ जनाले कोरोना जितेको सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार १३ दिन अगाडी एउटै परिवारका ५ महिने छोरी सहित आमा,बुवालाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाको गंभिर विरामी ५ महिने बच्चा बचाउन सफल भएको उहाँले बताउनु भयो । कोभिड अस्पतालमा उपचारथ ७ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना सं क्रमण मु क्त हुनेको संख्या १ सय ९० पुगेको छ ।

यस्तै बुधबार ८४ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । १ सय ७१ जनाको पिसीआर परिक्षण गर्दा ३७ महिला र ४७ पुरुष गरि ८४ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै जिल्लामा कोरोना स ंक्रमण पुष्टि हुनेको संख्या १ हजार २ सय २७ पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा अहिले ३ सय ८१ महिला र ६ सय १२ पुरुष गरी ९ सय ९३ जना कोरोना सं क्रमित होम आईसोलेसनमा रहेका छन । त्यस्तै ६ महिला र २२ पुरुष गरि २८ जना संस्थागत आइसोलेसनमा रहेका छन । स्वाब संकलन गरिएको मध्य ८८ महिला र १ सय ५८ पुरुष गरि २ सय ४६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

 

प्रतिक्रिया