शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सं क्रमितको सख्या १ हजार २२७ पुग्यो

बुधवार , जेठ १२, २०७८

सिन्धुली – सिन्धुलीमा थप ८४ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । जिल्लाको बिभिन्न स्थानीय तहबाट संकलन गरिएको स्वाबको १ सय ७१ जनाको पिसीआर रिपोर्ट आउदा ३७ महिला र ४७ पुरुष गरि ८४ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै जिल्लामा कोरोना सं क्रमित हुनेको संख्या १ हजार २२७ पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा अहिले ३ सय ८१ महिला र ६ सय १२ पुरुष गरी ९ सय ९३ जना कोरोना सं क्रमित होम आईसोलेसनमा रहेका छन । त्यस्तै ६ महिला र २२ पुरुष गरि २८ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

अब स्वाब संकलन गरिएको मध्य ८८ महिला र १ सय ५८ पुरुष गरि २ सय ४६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

त्यस्तै बुधवार ४ महिला र ३ पुरुष गरि ७ जना कोरोना मु क्त भएका छन । यो संगै जिल्लामा कोरोना पुष्टि भई निको हुनेको संख्या १ सय ९० पुगेको छ ।

यसैगरी गएको २४ घण्टामा जिल्लामा कोरोना स क्रमित ४ जनाको ज्यान गएको छ यो संगै सिन्धुलीमा कोरोनाको कारण ज्या न गु माउनेको संख्या २१ पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

 

प्रतिक्रिया