सिन्धुली – दैनिक मजदुरी गरि जी विको पार्जन गर्दै आउनु भएका कमलामाई नगरपालिका–४ ढुंग्रेबास निवासी बिसाल बस्नेतलाई दोस्रो लहरको कोरोना सं क्रमण बढेसँगै अहिले कसरी छाक टार्ने भन्ने स मस्या छ । निषेधाज्ञा जारी हुन अघि दैनिक १५ सय रुपैयादेखि दुई हजार रुपैयासम्म कमाउने मजदुर बस्नेतको अहिल कुनै दिन त कमाई ठ प्पनै हुन्छ ।
उहाँले भन्नुभयो, “छोराछोरी पाल्नुपर्ने बाध्यता छ, अहिलेसम्म घरमा केही बचत थियो, खायौँ । अब आउने दिनमा जीवन कसरी चलाउनु ?” उहाँले अहिले कुनै दिन गाडी आउदा मात्रै सामान लोडअनलोड गरेर दैनिक दुईचार सय रुपैया मात्र कमाई हुने गरेको सुनाउनुभयो ।
आफ्नो चार जनाको परिवार रहेको र यतिखेर गुजरा चलाउन निकै स कस भएको दुःख बताउनुभयो । उहाँले भन्नुभयो, “पोहोर साल त स्थानीय सरकारले ल कडाउनको बेला राहत दिदा परिवार चलाउन सजिलो भएको थियो । यो पटक त त्यो पनि पाईएको छैन ।” गाडीमा मालसामान सामग्री ओसारपोसार गर्ने काम गर्ने गरेकाले परिवार पाल्न सजिलो हुँदै आए पनि अहिले स मस्या भएको उहाँको दुःखेसो छ ।
त्यस्तै ढुंग्रेबासमा नै डेरा गरी बस्दै आउनु भएका बिरगंज निवासी मज्दुर अमर तुरा नि षेधाज्ञा जारीसँगै काम नपाएको १५ दिन बितेको बताउनुहुन्छ । “अब खानकै पी रले चि न्ता थपिएको छ”, उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “खेती गरौँ भने जग्गा छैन, रा हत बाँड्न पनि कोही आएनन्, अब त रो गले भन्दा पनि भो कले मर्ने अवस्था आयो ।”
नि षेधाज्ञाका कारण सरकारी तथा गै रसकारी कार्यालयदेखि होटेल, पसल सबै पूर्णरूपमा ब न्द छन् । आर्थिक कारोबार ठ प्प मात्र छैन, देशको अर्थतन्त्रमा समेत असर परेको छ । समग्रमा कोरोना सं क्रमणले थलिएको विश्वमा नै आर्थिक गतिविधिमा व्यापक ह्रा स आएको छ । अहिले बिहान ६ः०० देखि ९ः०० बजे सम्म तीन घण्टा दैनिक उपभोग्य सामानका पसल सञ्चालन गर्न दिइएको छ । त्यो पनि व्यापारीले फाटफुटरूपमा मात्र खुला गर्ने गरेका छन् । सिन्धुली जिल्लामा गत वैशाख २२ गतेदेखि कोरोना सं क्रमण रोकथाम तथा न्युनिकरण गर्न जेठ १८ गतेसम्म नि षेधाज्ञा जारि गरिएको छ ।
त्यसको प्रत्यक्ष मारमा दैनिक ज्याला मजदूरी गर्ने परेका छन् । दैनिक रूपमा ज्याला मजदूरी गरी खानेका लागि नि षेधाज्ञाले संकट नै सिर्जना गरेको छ ।
कोरोनाको त्रा स एकातिर छ भने अर्कातिर उनीहरू खान बस्नको समस्याले त नावमा छन् । कोरोनाको दोस्रो लहरले दिनदिनै सं क्रमणमा वृद्धि भएर सबैतिर त्रा स छ । दैनिकजसो सयाँैले ज्यान गुमाइरहेका छन् । त्यसकै जोखिम घटाउन सरकारले नि षेधाज्ञा लम्ब्याइ रहेको छ ।
खेती किसानी गर्ने, व्यापार व्यवसायमा संलग्नका लागि थप आम्दानी र कारोबारमा मात्र स मस्या छ तर ज्याला मजदूरी गर्नेका हकमा भने साँझ बिहान के खाने भन्नेमै चिन्ता छ । भारी बोकेमात्र पेट भर्ने मजदूरका लागि रोगको संक्रमणभन्दा भोककै अभाव बारे चिन्ता लाग्ने गरेको मजदूरहरूको दुःखेसो छ ।
यस्तो छाक टार्ने समस्या सिन्धुली जिल्लामा ज्याला मजदूरी गर्नेको साझा समस्या हो । उनीहरूका लागि आफूमात्र पालिनुपर्ने अवस्था छैन । आफूसँगै सन्तान र परिवारको पनि जिम्मा छ ।
बजारमा डेरा गरी बस्दाको समस्या मजदूरलाई झन् बढी छ । बस्नदेखि खान समस्या सबै ज्याला मजदूरी गर्नेका साझा छन् । गाडी बन्द छन्, पसल खोल्दैनन्, भारी बोक्न पाइँदैन, निर्माणका काम रोकिएका छन् । आफूका बारे सरकारले केही नसोचेको गुनासो कमलामाई नगरपालिका–४ मा डेरा गरी बस्ने लक्ष्मण खड्काको पनि छ । उहाँले कोरोनाभन्दा काम नपाएकामा चिन्ता बढी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “म हामारी छल्न जारी नि षेधाज्ञाले बजार बन्द हुँदा कतै निस्कने अवस्था नभएको र घरमा अन्नपात रित्तिँदै गएपछि पीरलो बढेकोे छ ।”
शारीरिक श्रम गरेर छाक टार्दै आएका ज्यालादार मजदूर घरमै थन्किएका छन् । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न नि षेधाज्ञा जारी गरेपछि यहाँका गरीब बस्तीमा गुजाराको सं कट बढेको छ ।