काठमाडौं, १२ जेठ - बुधबार एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रीदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.३१ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ रहेको छ । यस्तै जापानी १० यनको खरिददर १०.६७ रुपैयाँ र बिक्रीदर १०.७३ रुपैयाँ भएको छ ।
यता कतारी एक रियालको खरिददर ३१.८९ रुपैयाँ र बिक्रीदर ३२.०६ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३५ रुपैयाँ र बिक्रीदर १०.४० रुपैयाँ रहेको छ । कुवेती एक दिनारको खरिददर ३८६.३५ रुपैयाँ र बिक्रीदर ३८८.३४ रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०८.०८ रुपैयाँ र बिक्रीदर ३०९.८७ रुपैयाँ रहेको छ ।

गणेश पहाडी यस कारण गएनन् ओली बि राेधी माे र्चामा ?
काठमाडौं - सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश पहाडी संसद बि घटन बिरुद्ध हालिएको रिटमा हस्ताक्षर गर्न गएनन् । यसअघि प्रधानमन्त्री ओलीले चालेका हरेक असंवैधानिक कदमका बि रुद्ध खराे प्र तिवाद गर्ने पहाडी एकाएक ओली गु टप्रति नरम देखिएका छन् ।
बिगतमा बामदेव गाैतमकाे गुटबाट राजनीति गर्ने याेगेश भट्टराईको अनन्य मित्रका रुपमा चिनिने पहाडी यसपटक भट्टराईले माधवकुमार नेपालकाे गु ट त्या गेपछि उनीसँगै पहाडीले पनि गु ट परिवर्तन गरेका हुन्।
नेकपा(नेकपा) पार्टीमा रहँदा मन्त्री पद छाडेर याेगेश आन्दोलनको सहकमाण्डर बन्न पुगेका थिए । उनलेे ओलीको बि रुद्ध सडकमा आ गै ओ कलेका थिए । त्यही कारण ओलीले उनलाई बैगुनी केटाेले पेटमा ला त्तीले हानेर गयो भनेका थिए । अहिले त्यो केटाे फेरि ओलीको पाेल्टामा लु टु पुटिन पुगेको छ। साथमा गणेश पहाडीलाई पनि लिएर गएका नेपाल पक्षले आ राेप लगाएका छन् ।
सिन्धुलीमा पहाडीले यसरी बिचार बिहिन जस्तो भट्टराईको पछि लागेर हिड्नु साेभनिय नभएको सिन्धुलीबासीकाे गुनासो छ। उनी बिचार र राजनीतिमा आफ्नो छुट्टै क्षमता र हैसियत राख्न सक्ने हक्की नेता भएकोले यसरी अरूकाे स्वार्थको पुच्छर बन्न नहुने सिन्धुलीका एमाले नेताहरू बताउछन् ।
यसरी एकाएक गुट फेरेर उनी मन्त्री बन्ने लाइनमा रहेको पनि च र्चा हुने गरेको छ। संसद पुनःस्थापना भएपछि ओलीलाई हटाउन बिपक्षी दलको बहुमत नपुग्ने अवस्था देखेपछि ओलीले विश्वासको मत लिन संसद्को विशेष अधिवेशन ढाके। त्यसमा ृउनी वि श्वासको मत लिन असफल भए पनि बिपक्षी दलले निर्धारित समयमा बहुमत पुराएर सरकार बनाउन सकेन। यसरी ओलीलाई कसैगरि हटाउन नसक्ने अवस्था देखेपछि भट्टराई र पहाडी एमाले जसरी पनि एकतावद्ध हुनुपर्ने भन्दै म जधारका उभिएको बताईरहेका छन् ।
बु ढेसकालमा संगै छैनन् छोराछोरी
सिन्धुली,– सुनकोसी गाँउपलिका–२ ओट्रेकोटका नरबहादुर पुलामीको दुई छोरी र चार भाई छोरा थिए । चार भाई मध्ये कान्छो छोराको करिब पाँच बर्ष अगाडी नै मृ त्यु भयो । बाँकी रहेका छोरा पनि उहाँको साथमा छैनन् ।
कोहि बैदेशिक रोजगारमा गएका छन् भने कोहि सहरमा गएर बसेका छन् । घरमा दुई बुढाबुढी मात्रै छन् । “छोरा यस्तो वि कट ठाँउमा के बस्थे, जमानै यस्तै अयो,” बृद्ध नरबहादुरले भन्नुभयो, “बाठाटाठा जति सहरतिर लागेका छन् । म र श्रीमती यहि घरमा छौ, ।”
त्यसो त बृद्ध नरबहादुर २००६ सालमा जन्मिनु भएको हो । तर उहाँलाई छोराले अ पहेलना गरेको भन्ने लाग्दैन । समयको चक्रसँगै आफुहरु एक्लिएको भन्दै उहाँले चित्त बुझाउनुभयो । “हातगोडा लागुन्जेल काम गरेर शहर बस्ने गर्छन्, यहाँ आउदैनन्,” उहाँले भन्नुभयो, “चाडपर्वमा आउछन्, यस्तै छ ।”
सुविधा र सुख खोज्दै छोराहरु सहर पस्ने क्रम बढेपछि यतिखेर गाँउ बृ द्धाश्रम जस्तै बन्दै गएको उहाँले गुनासो गर्नुभयो ।
यस्तै सोही ठाँउका ७३ बर्षिय केशबकुमार सुनुवारको समस्या पनि उस्तै छ । उहाँ पनि पाँच सन्तानका बाबु हुनुहुन्छ । “सबैका छोरा सुकिलामुकिला भएर चाडपर्वमा निस्कन्छन्, खास धेरै प्रगति नगरेपनि छोरा घरमा बस्दैनन्,” उहाँले भन्नुभयो, “छोरीको विहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बुढाबुढी मात्रै बस्नुको अर्को वि कल्प के छ र ? पछिल्लो समय दु र्गम गाँउमा बृ द्धबृद्धा एक्लिदै गएका छन् ।”
पछिल्लो पुस्ता सहर उन्मुख र सुविधा भोगी भएसँगै गाँउ नबस्दा बृद्धबृद्धा एक्लिदै गएका छन् । सबै बालबच्चाका साथमै रहदा र सँगै खाना खादा रमाइलो हुने बृद्ध सुनुवार सम्झिनु हुन्छ । ‘एउटा छोरा बाहिर छ, अरु काठमाण्डौमा बस्छन्,’ उहाँले भन्नुभयो, “यहाँ त हामी दुई बुढाबुढी बस्छौ । सबै बच्चा घरमै हुँदा जे पकाएपनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छौ, खाना पनि राम्रोसँग रुच्दैन ।”
“छोराहरु गाँउमा खेतबारीमा दुःख गर्न मान्दैनन्, सहरमै बस्छन्,’ उहाँले थप्नुभयो, ‘यहाँ घर खाली छ, तर छोराहरु कोठा लिएर सहरमा बस्न रुचाउछन् ।” उहाँलाई आफ्नो छोराहरु घर नबसेको कुनै चिन्ता देखिदैन । “जमाना नै आधुनिक आयो । उनिहरु त दशै तिहारमा यसो दुई दिन घरबस्ने गरि आउछन्, अनि गइहाल्छन्,” उहाँले सुनाउनुभयो ।
आफ्नो जमानामा काठमाडाँै लगायत देशका विभिन्न सहरमा घरायसी दैनिक सामान लिन पुग्नु पर्ने समस्या रहेको सम्झदै बृ द्धबृद्धाहरु हाल गाँउमै सुविधा थपिएको बताउछन् ।
“घर अगाडी जे चाहिए पनि छ”, कमलामाई नगरपालिका–२ निवासी ७५ बर्षिय बृद्ध सोमबहादुर घलान भन्नुहुन्छ, “हामी युवा अवस्था हुदाको भन्दा अहिले धेरै सुविधा गाँउमै छ ।” गाँउमा सुविधा बढेपनि छोराहरुलाई शहर बस्ने मोह बढेकाले गाँउमा बृद्धबृद्धा एक्लिदै गएको उहाँको ठम्याई छ । “हामी मात्रै होइन बाबु, गाँउमा धेरै घर बृद्धबृद्धाको मात्रै भएको छ,” उहाँले भन्नुभयो, “गाँउका एका÷दुई घर बाहेक बृद्धबृद्धा गाँउ कुरेर बसेका छन् ।” उहाँको पनि चार छोरोको बाबु हुनुहुन्छ, तर यतिखेर साथमा कोही पनि छैनन् ।