सिन्धुली – कमलामाई नगरपालिकाले नगरभित्रका योजना अनुगमन गरेको छ । मंगलवार नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको नेत्वृतमा नगरपालिकाको १० नम्बर वडामा सम्पन्न भएको योजना अनुगमन गरिएको हो ।

कनपा १० को निर्माण सम्पन्न साना गाउँ हुदै मुलकुलो सडकको अनुगमन गरिएको छ । नरपालिकाको १० लाख लागतमा उपभोक्ता समिति मार्फत सडक निर्माण सम्पन्न भएको हो ।

गत फागुन २० गते सुरु भएको सडक बैशाख मसान्तमा सक्ने सम्झौता भएको थियो । सडक २ सय ८० मिटर लम्बाई र ३ मिटरको चौडाईमा निर्माण सम्पन्न भएको सडकबाट उक्त स्थानका ५ सय घरधुरी लाभान्वित हुने बताइएको छ ।

सडक योजना अनुसार निर्माण भएको उपप्रमुख मन्जु देवकोटाले बताउनु भयो । उहाँले उक्त सडकको चौडाई साँघुरो भएको बताउनुभयो ।कनपा १० दोवानमा पहिरो नियन्त्रणको लागि निमार्ण सम्पन्न भएको पर्खालको पनि अनुगमन गरिएको छ । नगरपालिकाको ३ लाख ५० हजार लागतमा उपभोक्ता समिति मार्फत पर्खाल निमार्ण भएको हो । १७ मिटर लम्बाई र ३ मिटर चौडाइको पर्खाल निर्माण गरिएको छ ।
यस्तै निर्माण सम्पन्न भएको कनपा १० भडारको भैरुङ्ग मन्दिरको पनि अनुगमन गरिएको छ । नगरपालिकाको ५ लाख ७० लाख लागतमा उभोक्ता समिति मार्फत मन्दिर निर्माण सम्पन्न भएको हो । कनपा १० मा निर्माण सम्पन्न भएका योजनाहरु योजन अनुसार निर्माण भएको नगरपालिकाका योजना शाखाका इन्जिनियर आस्तिक बरालले बताउनुभयो ।

अनुगमनमा उपप्रमुख मन्जु देवकोटा,कनपा १० का वडा अध्यक्ष रामहरि ढुङ्गेल, इन्जिनियर आस्तिक बराल,इन्जिनियर टंकध्वज कार्कीको उपस्थिति रहेको थियो ।