शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

छिमेक लघुवित्त सिन्धुलीले आफ्नो संक्रमित सदस्यलाई १० हजार रुपैँया दिने

मंगलवार , जेठ ११, २०७८

सिन्धुली– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सिन्धुली शाखाले आफ्नो कोरोना संक्रमित सदस्यलाई १० हजार रुपैँया दिने भएको छ । संस्थाले सदस्यका परिवारमा कोरोना संक्रमण देखिएमा उपचार खर्च स्वरुप १० हजार रुपैँया दिने शाखा प्रवन्ध विमल मुखियाले जानकारी दिनुभयो ।

साथै, संस्थाले कमलामाई नगरपालिकालाई मास्क, स्यानिटाईजर, पिपिए सेट सहयोग गरेको छ । संस्थाले २५ लिटर स्यानिटाईजर, चार सेट पिपिए र ७ सय ५० थान सर्जिकल मास्क मेयर खड्ग बहादुर खत्रिलाई मंगलबार हस्तान्तरण गरेको हो । संस्थाले जिलला प्रहरी कार्यालयलाई पनि मेडिकल सामाग्री सहयोग गरेको छ । सोमबार ३६ लिटर स्यानिटाईजर र एउट वाटर डिस्पेन्सर हस्पतान्तरण गरेको शाखा प्रवन्धक मुखियाले सिन्धुली सौगातलाई जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया