शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

शीतल निवासमा रोकिएका ४ पूर्वप्रधानमन्त्री र देउवाको दौरा

सोमवार , जेठ १०, २०७८

गत शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीको दाबी गर्दै १ सय ४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय,शीतल निवास पुग्नुभएका पूर्वप्रधानमन्त्री चार जनालाई बाहिरको गेटमा १० मीनेट रोकिएको बताइन्छ ।

पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एवम् जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतका नेताहरुलाई शीतल निवासको गेटमा सोधपुछको नाममा १० मीनेट रोकिएको थियो ।

भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरिरहनुभएको थियो । त्यहि कारण पनि उहाँहरुलाई एकछिन अल्मल्याउन त्यसो गरिएको हुनसक्ने त्यहाँ गएका एक जना नेताले बताएका छन् । बल्लबल्ल भित्र छिरेका नेताहरुलाई पाहुनाकक्षमा अर्को ४० मीनेट कुराइएको थियो । तर, त्यतिबेलासम्म चिया,कफी वा पानीको सोधनीसमेत नगरिएकाले उहाँहरुले अचम्म मान्नुभयो ।

तर,शीतल निवास स्रोतले कोरोनाको कारण चिया,कफी र पानीको औपचारिकता नगरिएको बताएको छ । अन्य नेताले सामान्य ढंगले लिए पनि देउवाले भने उक्त घटनालाई मानमर्दनको हिसाबले बुझ्नुभएको बूढानीलकण्ठ स्रोतले बतायो । पश्चिम नेपालको ठकुरी समुदाय र राणा खान्दानका ज्वाईं भएकाले उहाँले औपचारिकता खोज्नु अस्वाभाविक पनि होइन ।

उहाँ कतिसम्म औपचारिक हुनुहुन्छ भन्ने कुरो ०७० सालको संविधानसभा सदस्यको सपथ ग्रहण समारोहमा देखिएको एकजना माननीयले बताएका छन् । बानेश्वर संसद भवनमा सपथ ग्रहणको तयारीवीच बसेर चिया खाँदा देउवाको दौराको तल्लो फेरोमा एक थोपा चिया खसेको थियो । अरुले भए बाथरुम गएर दौरा पुछपाछ पारी आउँथे तर उहाँ भने शपथ ग्रहणपछि गरौंला भन्दै दौरा सुरुवाल फेर्न तत्काल गाडी चढेर बूढानीलकण्ठस्थित घर पुग्नुभएको थियो ।जन आस्थाबाट साभार

बु ढेसकालमा संगै छैनन् छोराछोरी

सिन्धुली,– सुनकोसी गाँउपलिका–२ ओट्रेकोटका नरबहादुर पुलामीको दुई छोरी र चार भाई छोरा थिए । चार भाई मध्ये कान्छो छोराको करिब पाँच बर्ष अगाडी नै मृ त्यु भयो । बाँकी रहेका छोरा पनि उहाँको साथमा छैनन् ।

कोहि बैदेशिक रोजगारमा गएका छन् भने कोहि सहरमा गएर बसेका छन् । घरमा दुई बुढाबुढी मात्रै छन् । “छोरा यस्तो वि कट ठाँउमा के बस्थे, जमानै यस्तै अयो,” बृद्ध नरबहादुरले भन्नुभयो, “बाठाटाठा जति सहरतिर लागेका छन् । म र श्रीमती यहि घरमा छौ, ।”

त्यसो त बृद्ध नरबहादुर २००६ सालमा जन्मिनु भएको हो । तर उहाँलाई छोराले अ पहेलना गरेको भन्ने लाग्दैन । समयको चक्रसँगै आफुहरु एक्लिएको भन्दै उहाँले चित्त बुझाउनुभयो । “हातगोडा लागुन्जेल काम गरेर शहर बस्ने गर्छन्, यहाँ आउदैनन्,” उहाँले भन्नुभयो, “चाडपर्वमा आउछन्, यस्तै छ ।”

सुविधा र सुख खोज्दै छोराहरु सहर पस्ने क्रम बढेपछि यतिखेर गाँउ बृ द्धाश्रम जस्तै बन्दै गएको उहाँले गुनासो गर्नुभयो ।

यस्तै सोही ठाँउका ७३ बर्षिय केशबकुमार सुनुवारको समस्या पनि उस्तै छ । उहाँ पनि पाँच सन्तानका बाबु हुनुहुन्छ । “सबैका छोरा सुकिलामुकिला भएर चाडपर्वमा निस्कन्छन्, खास धेरै प्रगति नगरेपनि छोरा घरमा बस्दैनन्,” उहाँले भन्नुभयो, “छोरीको विहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बुढाबुढी मात्रै बस्नुको अर्को वि कल्प के छ र ? पछिल्लो समय दु र्गम गाँउमा बृ द्धबृद्धा एक्लिदै गएका छन् ।”

पछिल्लो पुस्ता सहर उन्मुख र सुविधा भोगी भएसँगै गाँउ नबस्दा बृद्धबृद्धा एक्लिदै गएका छन् । सबै बालबच्चाका साथमै रहदा र सँगै खाना खादा रमाइलो हुने बृद्ध सुनुवार सम्झिनु हुन्छ । ‘एउटा छोरा बाहिर छ, अरु काठमाण्डौमा बस्छन्,’ उहाँले भन्नुभयो, “यहाँ त हामी दुई बुढाबुढी बस्छौ । सबै बच्चा घरमै हुँदा जे पकाएपनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छौ, खाना पनि राम्रोसँग रुच्दैन ।”

“छोराहरु गाँउमा खेतबारीमा दुःख गर्न मान्दैनन्, सहरमै बस्छन्,’ उहाँले थप्नुभयो, ‘यहाँ घर खाली छ, तर छोराहरु कोठा लिएर सहरमा बस्न रुचाउछन् ।” उहाँलाई आफ्नो छोराहरु घर नबसेको कुनै चिन्ता देखिदैन । “जमाना नै आधुनिक आयो । उनिहरु त दशै तिहारमा यसो दुई दिन घरबस्ने गरि आउछन्, अनि गइहाल्छन्,” उहाँले सुनाउनुभयो ।

आफ्नो जमानामा काठमाडाँै लगायत देशका विभिन्न सहरमा घरायसी दैनिक सामान लिन पुग्नु पर्ने समस्या रहेको सम्झदै बृ द्धबृद्धाहरु हाल गाँउमै सुविधा थपिएको बताउछन् ।

“घर अगाडी जे चाहिए पनि छ”, कमलामाई नगरपालिका–२ निवासी ७५ बर्षिय बृद्ध सोमबहादुर घलान भन्नुहुन्छ, “हामी युवा अवस्था हुदाको भन्दा अहिले धेरै सुविधा गाँउमै छ ।” गाँउमा सुविधा बढेपनि छोराहरुलाई शहर बस्ने मोह बढेकाले गाँउमा बृद्धबृद्धा एक्लिदै गएको उहाँको ठम्याई छ । “हामी मात्रै होइन बाबु, गाँउमा धेरै घर बृद्धबृद्धाको मात्रै भएको छ,” उहाँले भन्नुभयो, “गाँउका एका÷दुई घर बाहेक बृद्धबृद्धा गाँउ कुरेर बसेका छन् ।” उहाँको पनि चार छोरोको बाबु हुनुहुन्छ, तर यतिखेर साथमा कोही पनि छैनन् ।

मरिण गाउँपालिका क्षेत्र भित्र नि षेधाज्ञा क डाई गरिने

सिन्धुली– मरिण गाउँपालिका क्षेत्र भित्र नि षेधाज्ञा क डाई गरिने भएको छ । आइतवारबार बसेको गाउँपालिका स्तरीय विपद तथा जलवायू उत्थानसिल समितिको वैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा बसेको बैठकले नि षेधाज्ञा क डाइको साथ पालन गराईन निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भा ईरसको सं क्रमण ति ब्र रुपमा फैलिएकाले यसको नि यन्त्रण तथा रोकथाम गर्न जिल्लाभर जेठ ८ गते राती १२ वजे सम्म लागू भएको नि षेधाज्ञा जिल्ला कोभिड १९ सं कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस वमोजिम जिल्ला प्रशासन कार्यालयबाट जेठ १८ गते रातीे १२ वजे सम्म निषेधाज्ञा थप गरिएकाले निषेधाज्ञा अवधिभर जारी आ देशको पुर्ण कार्यान्वयन गर्ने गराउने निर्णय भएको छ ।

यस्तै नि षेधाज्ञा अवधि भर यसअघिको निर्णय वमोजिम नै गाउँपालिका र अन्तर्गतका निकायबाट प्रवाह हुने अ त्यावश्यक सेवा वाहेक अन्य से वा बन्द गर्ने गाउँपालिकाले जनाएको छ ।

कोरोना सं क्रमित तथा अन्य मानिसहरु अत्यावश्यक बाहेक वाहिर हिडडुल गरेको पाइएमा त्यस्ता व्यक्तिलाई प क्राउ गरी गाउँपालिकाबाट तयार गरिएको क्वारेन्टाईनमा राख्ने र क्वारेन्टाईनमा वसेका वि रामीहरुको खानपिनको व्यवस्थापन स्वयंको परिवारले गर्नुपर्ने निर्णय गरिएको छ ।

त्यस्तै नि षेधाज्ञाको समयमा नि षेधाज्ञाको उ ल्लंघन गरि पसल संचालन गरिएको पाईएमा का लोवजारी ऐन वमोजिम का रवाही गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

सिन्धुलीमा ८१ वर्षकी महिलाले कोरोना जितिन

सिन्धुली – सिन्धुलीमा ८१ वर्षकी महिलाले कोरोना जितेकी छिन । उनी द मकी बि रामी समेत थिइन । कमलामाई–७ खैरेनीटार निवासी ८१ वर्षीय चन्द्रकुमारी खड्काले आज कोरोना जितेको कोभिड अस्पताल सिन्धुलीले जनाएको छ ।

अस्पताल भर्ना हुँदा अ क्सिजनको लेभल ३० मात्रै रहेको सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिएका छन । कोरोनालाई प रास्त गरेर घर फर्किदै गर्दा उक्त महिलाले सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद सहित आशिर्वाद समेत दिएको स्वास्थकर्मीहरुले नागरिक खबरलाई बताए ।

सिन्धुली अस्पतालका अध्यक्ष पोखरेलले भने, ‘आमाको बिदाइले हामीलाई भा वबिभोर बनायो ।’ आज कोरोनाबाट निको भएकी खड्काका छोराले देखाएको मातृप्रेम अनुशरण गर्न लायक भएको अध्यक्ष पोखरेलको भनाइ छ ।

सिन्धुलीमा कोरोनाबाट अहिलेसम्म १३४ जनाले कोरोना जितेका छन । यस्तै, अहिलेसम्म जिल्लाभित्र १००४ जनामा कोरोना सं क्रमण देखिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीमा कोरोना सं क्रमित हुनेको संख्या १ हजार नाघ्यो

सिन्धुली, – सिन्धुलीमा कोरोना सं क्रमित हुनेको संख्या १ हजार नाघेको छ । आइतवार ७५ जना नया कोरोना सं क्रमित थपिए संगै जिल्लामा कोरोना सं क्रमित हुनेको संख्या १ हजार नाघेको हो ।

जिल्लाको बिभिन्न स्थानिय तहबाट १ सय ८७ जनाको स्वाब संकलन गरी पिसिआर टेष्ट गर्दा आइतवार ७५ जनामा कोरोना पो जेटिभ देखिए संगै कोरोना सं क्रमितको संख्या १ हजार ४ पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा अहिले सक्रिय कोरोना सं क्रमितको संख्या ८ सय ६७ जना रहेका छन् । जस्मा महिला ३ सय २२ जना रहेका छन् भने पुरुषको संख्या ५ सय ४५ रहेको छ । ८ सय ६७ जना मध्य ८ सय ३९ जना कोरोना सं क्रमित होम आईसोलेसनमा छन् भने २८ जना संस्थागत आईसोलेसनमा रहेका छन् ।

हाल सम्म सिन्धुलीमा १ सय ३४ जना कोरोना सं क्रमणबाट मु क्त भैसकेका छन् । अहिले सम्म जिल्लामा १४ जनाले कोरोनाका कारण ज्या न गुमाएका छन् ।

कोभिड अस्पताललाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

सिन्धुली – नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले कोभिड अस्पताललाई एक एक थान डेस्कटप कम्प्युटर र डिजिटल प्रिन्टर हस्तान्तरण गरेको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेले सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।

कमलामाई नगरपालिका ९ का व्यवसायी भरत पोखरेलको सहयोगमा कोभिड अस्पताललाई कम्प्युटर र प्रिंन्टर हस्तान्तरण गरिएको महासंघका अध्यक्ष कृष्ण हरि घिमिरेले जानकारी दिनु भयो ।

कोभिडका बि रामीहरूलाई उ पचारमा थप सहयोग हुने अपेक्षा अनुसार उक्त सामाग्री सहयोग गरेको व्यवसायी पोखरेलले बताउनु भयो । सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेले अस्पतालमा आवश्यक कम्प्युटर र प्रिन्टर सहयोग गरेको भन्दै व्यवसायी पोखरेल साथै पत्रकार महासंघलाई धन्यवाद व्यक्त गर्नु भयो ।

यसैगरि नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले पत्रकार अ ग्नि पी डित राजन परियारको परिवारलाई बिस हजार बराबरको राहत सामाग्री सहयोग गरेको छ । आइतबार नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णहरि घिमिरेले उक्त रा हत सामाग्री पत्रकार परियारलाई हस्तान्तर गर्नु भएको हो ।

परियारको घर ग्यासचुलो वि स्फोट भई आ गलागी हुँदा धनजनको क्ष ती भएको थियो । परियार न्युज २४ मा सिन्धुली जिल्ला संवाददाता र सिन्धुली आवाजमा कार्यरत हुनु हुन्छ ।

प्रतिक्रिया