बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नागरिक सचेत बनौँ

आइतवार , जेठ ९, २०७८

सिन्धुली लगायत देशभर अहिले कोरोना सं क्रमितको संख्या बढिरहेको छ । कोरोना भा इरसबाट छु टकारा पाएर निको हुनेको संख्या पनि ठूलो छ । तर, कोरोना भा इरसको जो खिम भने घटेको छैन । अहिले देशभर नि षेधाज्ञा र ल कडाउन गरिएको छ । तर, सर्वसाधरण भने लु किछिपि वा ज बरजस्ती काम नै नभई पनि घर बाहिर निस्केर जो खिम बढाइरहेका छन् । केहिलाई प्रहरीले नि यन्त्रणमा लिई का र्वाही पनि गरेको छ । का र्वाहीको दा यरा बढाएपनि व्यापार व्यवासाय संचालनमा आइरहेको छ । सिन्धुलीका भित्रि वडाहरुमा पसलहरु संचालनमा आइरहेको हुँदा सर्वसाधरण चि न्तित बनेका छन् । प्रहरीले नि षेधाज्ञा उ ल्लंघन गर्नेलाई कानुन बमोजिम का र्वाही त गरेको छ । तर, प्रहरीको आँखा छलि बजारमा हिँड्डुल गर्नेहरु बढिरहेका छन् । स्वा स्थ्य सा वधानिको न्युनतम मा पदण्ड पनि नअपनाई अ नावश्यक हिँड्डुल गर्नेको सख्या दिनहुँ बढिरहेको छ । यस्तो अवस्थामा प्रहरी लगायत सम्बन्धित निकायले थप नि गरानि बढाउन जरुरी छ । त्यसैगरि, सर्वसधरण स्वयंले पनि सावधानि अपनाउन तर्फ विशेष ध्यान दिन आवश्यक छ ।

कोरोना भा इरसबाट बच्नको उत्तम उपायनै घरमा सु रक्षित बस्नु हो । त्यसैगरि, घर बाहिर निस्कनु पर्ने बाध्यता आइपरे मास्क र स्यानिटाईजरको प्रयोग लगायत भौतिक दुरी कायम गर्दा पनि कोरोनाबाट बच्न सकिन्छ । यी सबै कुराहरुलाई मध्यनजर गरेर कोरोनाबाट आफू पनि ब च्न र अरुलाई पनि बचाउन सबै नागरिक सचेत र सजग हुन जरुरी छ । अतः सबै नागरिकले आफू सचेत हुने हो भने कोरोनाबाट ठूलो क्ष ति नहुने कुरा बुझ्नु पर्दछ ।

२०७८ साल जेठ १० गते सोमबारको राशिफल र मौसम

वि.सं.२०७८ साल जेठ १० गते सोमबार । ईश्वी सन् २०२१ मे २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–त्रयोदशी,४२ घडी ४८ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–चित्रा,०६ घडी ०५ पला, बिहान ०७ बजेर ३९ मिनेट उप्रान्त स्वाती । योग– व्यातिपात, १० घडी ५० पला, बिहान ०९ बजेर ३३ मिनेट उप्रान्त वरियान । करण–कौलव, बिहान ११ बजेर ३० मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी ०२ पला । सोमप्रदोषव्रत ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ । कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ । मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जन गर्ने समय छ । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । परिवारजनबाट टाढिनुपर्ला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- हुलमुलमा धन माल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धन नाश हुने योग छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला । सामाजिक प्रतिष्ठा पाइनेछ । भोगविलासमा मन रमाउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नेछ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

२०७८ साल जेठ १० गते सोमबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

सोमबार दिउँसो :–पहाडी भू-भागमा आंशिक देखि सामान्य ब दली र तराईका भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार राती :– पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया