शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

आइसोलेसन भवनबाट निस्केको फो होर पानी व्यवस्थापन गरि दिन ध्यानकर्षण

आइतवार , जेठ ९, २०७८

सिन्धुली – कमलामाई नगरपालिका ६ शिवनगरमा निर्माण भएको आइसोलेसन निस्केको फो होर पानी व्यवस्थापन गरी दिन परिवर्तनशील टोल विकास समितिले सिन्धुली अस्पतालको व्यवस्थापन समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

शनिबार कमलामाई नगरपालिका ६ को परिवर्तनशील टोल विकास समितिका अध्यक्ष भानुभक्त श्रेष्ठले सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । आइसोलेसन भवनबाट निस्केको फोहोर पानीले आइसोलेसन भवन हुँदै आर्मी खोल्सा सम्म जाने सडक बि ग्रेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आइसोलेसन भवन बन्दै गर्दा देखिनै उक्त स्थानका स्थानीयले भवन निर्माणमा जोडिएका समिति र जिल्लाका जिम्मेवार नेतृत्वलाई निरन्तर रूपमा नाला बनाइदिन अनुरोध गरिएता पनि हालसम्म कुनै पनि किसिमको सुनुवाइ नभएको विज्ञप्तिमा भनिएको छ ।

हाल कोभिड अस्पतालको रूपमा सिन्धुली अस्पताललाई हस्तान्तरण गरिसकेको अवस्थामा अस्पताल क्षेत्रबाट निस्केको पानीको व्यवस्थापन गर्ने जिम्मेवारी पनि अस्पतालकै रहने हुँदा सिमेन्टे नाला बनाई गाडीहरू निरन्तर जाने वातावरण बनाइदिन हुन अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको उल्लेख गरिएको छ । साथै यस विषयलाई ग म्भिरतापुर्वक लिन शिवनगर परिवर्तनशील टोल विकास संस्थाले जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।

२०७८ साल जेठ ०९ गते आईतबारको राशिफल र मौसम

वि.सं.२०७८ साल जेठ ०९ गते आईतबार । ईश्वी सन् २०२१ मे २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–द्वादशी,४८ घडी ३३ पला, रातको ०२ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– हस्त,०९ घडी ३४ पला, बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त चित्रा । योग– सिद्धि, १७ घडी ५६ पला, दिउसो ०२ बजेर २४ मिनेट उप्रान्त व्यातिपात । करण– बव, दिउसो ०१ बजेर ४४ मिनेट उप्रान्त बालव,रातको १२ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या,बेलुकी ०८ बजेर २२ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी ५९ पला । वैष्णवहरुको मोहिनीएकादशीव्रत, कोकाकौशिकी सङगममा मत्स्यदर्शन ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसीले कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धन जनको पनि बृद्दी हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । काममा उत्साह जगाउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानी पछि फाइदा हुनेछ । आज नसोचेको ठाँउबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला, साथै भौतिक साधनको क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा सफलता हात लाग्ला ।

तपार्ईँको दिन शुभ रहोस् ।

२०७८ साल जेठ ०९ गते आईतबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

आईतबार दिउँसो :– प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भु-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आईतबार राती :– प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भु-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मे घग र्जन/च ट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया