शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

निषेधाज्ञा अबज्ञा गर्ने सबारी साधन प्रहरीको कारबाहीमा

शनिवार , जेठ ८, २०७८

सिन्धुली – सिन्धुली जिल्लामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारि गरिएको निषेधाज्ञा अबज्ञा गर्ने ५०४ वटा सबारी साधन प्रहरीको कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा अबज्ञा गर्ने ४२८ वटा मोटर साईकल र ७६ वटा चार पाङग्रे सबारी साधन कारबाहीमा परेका हुन् । ती मध्ये कागजपत्र नभएको अटो १७ वटा, मोटरसाईकल ६३ गरी ८० वटा सबारी साधनलाई ट्राफिक जरिवाना गरेको र अन्यलाई सम्झाई बुझाई छाडेको समेत प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

त्यसैगरी अनावश्यक रुपमा हिडडुल गर्ने, काक्स नलगाउने लगायतका ४९२ जना मानिसलाई होल्ड गरी सम्झाई बुझाई छाडेको पनि उहाँले सुनाउनुभयो ।

निषेधाज्ञा उलंघन गरी बजार एरियालमा पसल, होटल सञ्चालन गर्ने १३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बुझाएको समेत उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया