बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अनाावश्यक त्रास नफैलाऔँ

सोमवार , जेठ ३, २०७८

सिन्धुलीमा दोश्रो भेरियन्टकाके कोरोनापछि छ सय बढिमा संक्रमण पुष्टि भएको छ । दैनिक जसो जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणकालागि स्थानिय तहले आ–आफ्नो ठाउँबाट पहल गरिरहेका छन् । यता, एक समूह भने अनावश्यक त्रास फैलाउनतर्फ केन्द्रित भएको छ । पछिल्लो समय सिन्धुली अस्पताल लगायत जिल्लाका मेडिकलहरुमा सिटामोल औषधिको अभाव भएको भन्दै अफवाह फैलाइरएका छन । जसले गर्दा जिल्लावासी त्रसित बनेको अवस्था छ । यतिमात्र नभएर कोरोनाबाट बच्नका लागि विशेषज्ञको सुझावविपरित अनावश्यक हल्ला फैलाईएको छ । जनमानसमा कोरोनबाट कसरी बच्ने, संक्रमित भइसकेपछि के खाने के नखाने लगायत न्युनतम ज्ञान पनि नभएको अवस्था छ । यस्तो अवस्थामा स्थानिय तहले संचारमाध्यम लगायत अन्य वैकल्पिक माध्यमबाट जनतालाई कोरोनाको बारेमा सचेत गराउन आवश्यक छ ।

महामारिको बेला बेतुकका हल्ला फिजाएर जनता त्रसित बनाउने गतिविधि गरिनुहुदैँन । यस्ले गर्दा कोरोना रोकथाम र नियन्त्रणमा बाधा पुग्छ । तसर्थ, विश्वनै कोरोनाबाट आतंकति बनिरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन लगायत विशेषज्ञको सुझावहरु नागरिकसम्म पु¥याउन सम्बन्धित सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्न आवश्यक छ । अतः अनावश्यक त्रास फैलाउनतर्फ कोहि पनि लाग्नुहुदैँन ।

प्रतिक्रिया