सिन्धुलीको गोलान्जोर गाउँपालिका–४ तीनकन्या माझकुभिण्डेमा स्थित जुनार बगैचामा औ सा कि रा नि यन्त्रण गर्न बि षादी छर्किन सजिलोहोस भनेर रिबन बाँधिएको जुनारको बोट ।
तीनकन्या (सिन्धुली),३ जेठ –गोलन्जोर गाउँपालिका–४ तीनकन्या माझकुभिण्डेका किसान जितबहादुर ठकुरीको जुनारका बगैचाका बोट यतिखेर रातो रिबनले रंगिचंगी देखिएको छ ।
जुनारको फलमा लाग्ने औ षा मा र्न बि षादी छर्किन जुनारको बोटमा यसरी रातो रिबन बाँधिदा बगैंचा नै रंगिचंगी देखिएको उहाँले सुनाउनुभयो । जुनारलाई औ ंसा कि राबाट जोगाउन चार बर्षअघि देखि सुरु गरिएको प्रो टिन बेट बि षादी छ र्कने बोटमा यसरी रातो रिबन बाँधेर नयाँ तरिका अप्नाईएको किसानले बताएका छन् । बि षा दी छर्कने ठाँउ नबिर्सनका लागि त्यो रुखमा रातो रिबन बाँ धिएको माझकुभिण्डेका किसान ठकुरी बताउनुहुन्छ ।
औसा कि राले जुनारलाई अ साध्यै दुःख दिएकाले किसानको ५० प्रतिशत लगानी र जुनार सुपर जोनको ५० प्रतिशत अनुदानमा बिगत चार बर्षदेखि प्रोटिन बेट बि षादी छर्केर जुनारलाई सु रक्षित बनाउदै आएको उहाँले सुनाउनुभयो । त्यसो त किसान ठकुरीले आफ्नो नौ रोपनी जमिनमा जुनार खेती गरी बर्सेनि चार लाख रुपैयाभन्दा बढी आम्दानी लिदै आउनु भएको छ ।
उहाँले भन्नुभयो, “अहिले बगैचामा प्रत्येक फलेको तीन बोट मध्ये एउटा बोटमा रातो रिबनले बाँधेका छौं । बिषादी छर्कने स्प्रेकर्तालाई बि षादी छर्किन सजिलो होस र छर्किएको ठाँउ नबिर्सियोस भनेर रातो रिबनले बाँधेका हौं ।” प्रत्येक हप्ताको एक पटक गरी लगातार दश हप्तासम्म उक्त बि षादी छर्किनु पर्ने उहाँले सुनाउनुभयो ।
जुनार तथा सुन्तलाजात फलफुलको औं सा किरा व्यवस्थापनका लागि क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्तर्गत सजगता अपनाउ“दै प्रोटिनबेट छिट्न सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख देवराज अधिकारीले किसानको तर्फबाट नौ लाख ५० हजार रुपैया र कार्यालयको तर्फबाट नौ लाख ५० हजार गरि १९ लाख रुपैयामा ९५० लिटर प्रोटिन बेट खरिद भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “म हा मा रि बीच भौतीक दुरी कायम गरेर स जगता अ पनाइ गत बैशाख महिलनाको दोस्रो सातादेखि जुनारको बोटमा प्रोटिन बेट बि षादी छर्किन सुरु गरिएको छ । बगैंचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा औ षधि छर्कने गरिएको छ ।”
उहाँका अनुसार जुनार बगैचामा प्रोटिन बेट स्प्रे गर्नका लागि ३२ जना स्प्रेकर्तालाई तालिम दिएर दक्ष बनाई बगैचामा खटाइएको छ । किरा व्यवस्थापनका लागि स्प्रे कर्ता परिचालन गरि बैशाखको दोस्रो हप्ताबाटै सुरु गर्नुपर्ने भएकाले ढिलो नगरिएको उहाँको भनाई छ ।
सुपर जोनका प्राविधिक जहानसिं कार्कीका अनुसार व्या क्टेशेरा मि नाक्स नामक ढा डे झिं गाले जुनारको फल भित्र फुल पार्ने र गुलियोपन बढ्दै गएपछि आं सा भएर ला र्भा बनि जुनारलाइ खो क्रो बनाएर क्षे ती पुर्याउदै आएको छ ।
जुनारको फल कु हाउने औ सा पार्ने कि राको पोथी झि गालाइ फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा कि राले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोट मै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिक कार्कीको भनाई छ । “यो सस्तो र भरपर्दा वि षादी हो,” उहाँले थप्नुभयो, “स्प्रेकर्ताले औ षधि स्प्रे गरेको ठाँउमा किराहरु झुम्मिएर आउछन् र मर्छन् ।”
प्राविधिक कार्कीले भन्नुभयो, “जुनार कृषक, स्प्रेकर्ता र सहयोगी तीनजना मात्रै हुने भएकाले सामाजिक दुरी कायम गरेर औषधि छिट्ने काम हुनेछ ।” कि रा नि यन्त्रणका लागि वि षादी छिट्न शुरु भएकोमा किसानले स्वागत गरेका छन् । यस्तो म हा मा रीको समयमा वि षादी छि ट्न पाउनु नै ठुलो कुरा भयो, नया“खर्कका जुनार कृषक रामकुमार थापाले हौसिदै भन्नुभयो ।
उहाँले भन्नुभयो, “कि राको प्रकोपले जुनार नहुने हो की भन्ने लागेको थियो, अव आश पलाएको छ, खुशी भइएको छ ।” उहाँका अनुसार रातो रिबन बाँधेको निश्चित ठाँउमा प्रत्येक हप्ताको एक पटकका दरले १० देखि १२ हप्तासम्म लगातार बिषादी छर्किन १२५ रुपैया खर्च हुन्छ । त्यसमध्ये किसानले आधा रकम व्यहोरेका छन् । किसानले बि षादी खरिदका लागि आधा रकम व्यहोरेपछि बाँकी प्राविधिक पक्ष, स्प्रेकर्तालाई दिने पारिश्रमीक कार्यालयले व्यहोरेको सुपरजोन कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख अधिकारीका अनुसार बिगत बर्षमा औसा किरा नियन्त्रण गर्न छर्किएको प्रोटिन बेट बिषादी प्रभावकारी देखिएपछि यो बर्ष पनि छर्किएको हो । जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, बाशेश्वर, नाकाझोली, तीनकन्यामा गरी एक हजार हेक्टर रहेको छ । सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको प्रधानमन्त्री जुनार सुपरजोन परियोजनाले जनाएको छ ।