सिन्धुलीमा पछिल्लो समय छिनछिनमा विद्युत कटौति हुँदा जिल्लावासी चिन्तित बनेको छन् । विशेषगरि, होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण केन्द्रको सुस्तताले पिडा थपेको छ । अक्सिजन संचालनकालागि पनि विद्युतनै आवश्यकता रहेको र होम आइसोलेसनमा बसेकालाई पानी तताउन, फ्यान प्रयोग गर्न लगायत अन्य उपकरणको प्रयोग गर्नुपर्ने आवश्यकता हुन्छ । तर, सिन्धुली वितरण केन्द्रले यी सबै पक्षलाई नजरअन्दाज गरेर अनावश्यक काम अगाढी बढार्ईरहेको छ । सिन्धुलकिो कमलामाई नगरपालिका–५ मा तार फेर्ने भन्दै केहि समय अघि टेन्डर लागेको थियो । ठेकेदार कम्पनिले कोरोना क हरकैबिच काम सुचारु गर्ने प्राधिकरणसँग प्रस्ताव गर्यो । प्राधिकरणले पनि बिना कुनै सुझबुझ ठेकेदार कम्पनिलाई अनुमित दियो । तत्कालकालागि उक्त तार नफेर्दा पनि कुनै जोखिम नरहेको प्राधिकरणकै कर्मचारीहरुले बताएका छन् । त्यसैगरि, तार फेरिहाल्नु पर्ने बाध्यात्मक अवस्थापनि छन् । तर, प्राधिकरणले के केनै बित्न लागेको जसरी विद्युत कटौति गरेर काम सुचारु गरेको छ । जसबाट प्रत्यक्ष रुपमा होम आइसोलेसन, जिल्ला अस्पताल लगायत क्वारेन्टिनमा बसेका कोरोना संक्रमितलाई प्रभाव परिरहेको छ । तसर्थ, प्राधिकरणको कजमोर निर्णयबाट अन्य सरकारी निकायले पनि पाठ सिक्न जरुर िछ ।
सिन्धुलीमा बारम्बार विद्युत कटौति हुने गरेको छ । केहि मिनेटकालागि विद्युत कटौति हुने गर्दछ । प्राविधिक त्रुटि वा समस्याले त्यस्तो समस्या निम्ताउँछ । त्यसलाई सिन्धुलीवासीले स्विकारेका छन् । तर, सधैँजसो एउटा समस्या देखिदा प्राधिकरणको व्यवस्थापन र प्रशासनप्रतिनै नकारात्मक दृष्टिकोण बढिरहेको छ । तसर्थ, प्राविधिक पक्षलाई थप बलियो बनाएर व्यवस्थापनमा थप सक्रियता देखाउन प्राधिकरणका निर्णायक पक्षबाट आवश्यक कदम चालिनुपर्छ । अतः कोरोनाको कहरमा कोरोना सं क्रमितलाई कुनै पनि पक्षबाट असहयोग हुने गतिविधि कसैले पनि गर्नहुदैँन ।