शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

स्वास्थ्य चौकिको आफ्नै भवनबाट सेवाप्रवाह सुरु

आइतवार , जेठ २, २०७८

सिन्धुली – कमलामाई नगरपालिका ४ को शहरी स्वा स्थ्य चौकी भवन निमार्ण सम्पन्न भएको छ ।

शनिवार बाट स्वास्थ्य चौकिको आफ्नौ भवनबाट सेवा प्रवाह हुने कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकालले बताउनु भयो । उहाँका अनुसार भवन उद्घाटन कार्यक्रम कोरोना भा इरस माहामारीको कारण स्थगित गरिएको हो ।

“साघँरो भवनबाट सेवा प्रवाह गर्दा अ सहज भइरेहको स्थितिमा नयाँ भवन निर्माण भएपछि सहज हुनेछ ” उहाँले भन्नुभयो, “भवनको उद्घाटन भने अलि पछि हुने छ ।” भवन कमलामाई नगरपालिका ४ साङ्बालेमा निमार्ण भएको छ । स्थानिय शेर बहादुर श्रेष्ठ र राम बहादुर श्रेष्ठले ५० लाख बराबरको ३ कठ्ठा जग्गा स्वास्थ्य भवनको लागि हस्तान्तरण गर्नु भएको वडा अध्यक्ष ढकालले बताउनु भयो । वडाको लगभग ७ लाख लागतमा उपभोक्ता समिति मार्फत भवन निमार्ण सम्पन्न भएको हो । स्वास्थ्य चौकि भवन एक तल्ले निमार्ण गरिएको वडा अध्यक्ष ढकालले बताउनु भयो ।

“कनपा ४ खट्टारबाट भाडामा स्वास्थ्य चौकि थियो” उहाँले भन्नु भयो, “स्वास्थ्य चौकिको भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु।” स्वास्थ्य चौकी आफ्नै भवनमा सरे सँगै नवर्सुदय युवा क्लबले सरसफाई कार्यक्रम गरेको छ ।

खट्टारबाट स्वास्थ्य चौकिको भवन साङवाले सम्म सरसफाई गरिएको क्लबले जनाएको छ । साथै उक्त क्लबले खट्टार र साङवालेमा कोरोना भाइरस नियन्त्रणको लागि जनचेतनामूल कार्यक्रमको पनि अयोजना गरेका थिए । कोरोनाबाट बच्न मास्क,सेनिटाइजर,बेलाबेला साबुन पानीले हात धुने लगाएको सन्देश नागरिकको घरघरमा पुगेर दिएको थिए । उक्त क्बलसँगै स्थानिय व्यापारी,अगुवा,महिला समुह लगाएतको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया