शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

चुरे जंगल क्षेत्रमा व न्य ज न्तुको चो री शि कार बढ्दै

आइतवार , जेठ २, २०७८

सिन्धुलीको दुधौली नगरपालिका–९ धारापानी सामुदायिक वनमा शि कारीले शुक्रबार मारेको निलगाई ।

सिन्धुली,२ जेठ – सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा रहेको चुरे जंगल क्षेत्रमा पछिल्लो समयमा वन्यजन्तुको अ वैद्य चो री शि कार बढदै गएको छ । कोरोना सं क्रमणको दोस्रो लहर फैलिएसँगै स्थानिय प्रशासनले नि षेधाज्ञा जारी गरेको बेला दुधौली नगरपालिका–९ स्थित धारापानी सामुदायिक वन क्षेत्रबाट निल गाई मा रेको अभियोगमा स्थानीय तीन जना प क्राउ परेका छन् । बैशाख महिनाको पहिलो सातामा पनि कमलामाई नगरपालिका–१४ स्थित चुरे जंगलबाट वन्यजन्तुको चो री शि कारमा संलग्नलाई वन कार्यालयले प क्राउ गरेको थियो । सव डिभिजन वन कार्यालय दुधौलीका प्रमुख शुकबिर थामीका अनुसार प्रहरी, वन कार्यालय र स्थानीय व्यक्तिको गस्ति टोलीले शुक्रबार धारापानी सामुदायिक वन क्षेत्रबाट निलगाईको शि कारमा संलग्न ती तीन जनालाई प क्राउ गरेको हो । प क्राउ पर्नेमा दुधौली नगरपालिका–१० निवासी ६५ बर्षिय धनबहादुर तमाङ, ३७ बर्षिय तीलकबहादुर तमाङ र ६५ बर्षिय भक्तबहादुर राई रहेका छन् । उहाँले भन्नुभयो, “उक्त सामुदायिक वन क्षेत्रमा गो ली प ड्केको आवाज सुनिएपछि खोज्दै जाँदा निल गाई मा र्ने शि कारी भागे, उनीहरुलाई खुवाउन सामलखाजा बोकेर गएका ती तीनजनालाई सामलखाजा सहित प क्राउ गरेका हौं ।” मा रिएको निलगाईको टाउको, अगाडीको खुट्टाको भाग र पछाडीको खुट्टाको भाग गरी तीन भाग स्याउलाले छोपेर ल ुकाएको अवस्थामा भेटिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मारिएको उक्त निलगाईलाई दुधौली नगरपालिकाको पशु शाखाका प्राविधिकले पोष्टमार्टम गरी खाल्टो खनेर गाडिएको छ । निलगाईको शि कारमा संलग्न अभियोगमा प क्राउ परेकालाई कारबाही प्रकृया अघि बढाउन कोरोनाका कारण जिल्ला अदालतको काम कारबाही बन्द रहेकाले स्थानीय जनप्रतिनिधिको जिम्मा जमानीमा छाडेको सब डिभिजन वन कार्यालय दुधौलीका प्रमुख थामीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “प क्राउ परेकालाई पछि अदालतबाट मुद्धा चलाई कारबाही प्रकृया अघि बढाउने गरी दुधौली नगरपालिका वडा नं. ७, १० र १३ का वडा अध्यक्षहरु तथा रातमाटा सामुदायिक वन र धारापानी सामुदायिक वनका अध्यक्षको जिम्मा जमानिमा खोजेका बखत उपस्थित गराउने गरी अहिले छाडेका छौं । प क्राउ परेका प्रति अनुसन्धान प्रकृया पनि अघि बढाएका छौं ।” दुधौली नगरपालिकाकै लखिमा सामुदायिक वनमा बिहिबार मात्रै १३ वटा निल गाई देखिएको र ती मध्ये एउटा निलगाई गोली लागी रगत चुहाउदै हिडेको अवस्थामा देखिएको उक्त वन समितिका सहसचिब चुक्तबहादुर कार्कीले बताउनुभयो । स्थानीयका अनुसार पछिल्लो केही समयदेखि धारापानी र लखिमा सामुदायिक वन क्षेत्रमा दैनिकजसो दिउसै गो ली च लेको आवाज आउन थालेको छ । गो ली चलेको आवाज आउन थालेपछि शि कारी प क्राउ गर्न स्थानीयले गस्ति गर्न सुरु गरेको छन् । पछिल्लो समयमा कोरोना सं क्रमणका कारण त्यसलाई रो कथाम र नि यन्त्रण गर्न स्थानीय प्रशासनले जिल्लाभर नि षेधाज्ञा जारी गरेको छ । त्यही निषेधाज्ञाको मौकाछोपी वन क्षेत्रमा वन्यजन्तुका अवैद्य चो री शि कार गर्न शि कारीहरु सलबलाउन थालेको स्थानीयको भनाई छ । बैशाख महिनाको पहिलो सातामा कमलामाई नगरपालिका–१४ चुरे जंगलबाट शि कार खेलेको वन्यजन्तुको मासु सहित प क्राउ परेका सात जना शि कारीलाई डिभिजन वन कार्यालय सिन्धुलीले अझै कारबाहीका लागि अ दालतमा मु द्धा द र्ता गर्न सकेको छैन । डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख थिरबहादुर कार्कीका अनुसार त्यती बेला प क्राउ परेका ती शि कारीबाट चार थान पासो (जाली), खुकुरी र करिब पाँच केजी मासु पनि  बरामद भएको थियो । ब रामद गरेको मासु मृग अथवा दुम्सी के को हो ? खुल्न नसकोले परिक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाईएको छ । कोरोनाका कारण प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाई हुदा अदातलमा मुद्धा चलाई का रबाही प्र कृया अघि बढ्न नसकेको र प क्राउ परेका सबैलाई जिम्मा, जमानिमा छाडेको उहाँले सुनाउनुभयो । अवैद्य वन्यजन्तुको चो री शि कार अभियोगमा प क्राउ परेकालाई का रबाही गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ आकर्षित हुने उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया