सिन्धुली,३० बैशाख – सिन्धुलीको मरिण गाँउपालिका कपिलाकोट निवासी समाजसेवी ईन्द्रजंग थापाको ७६ बर्षको उमेरमा बुधबार असामहिक निधन भएको छ ।
लामो समयदेखि मुटु रोगका बिरामी रहनु भएका थापालाई उपचारका लागि लैजाँदै गर्दा गंगालाल हृदयरोग अस्पताल बाँसबारीमा बुधबार बिहान साँढे पाँच बजे निधन भएको उहाँको परिवारले जनाएका छन् ।
मृतकका भतिज असिमजंग थापाका अनुसार उहाँको जन्म २००२ सालमा कपिलाकोटमा भएको थियो । तत्कालिन समयमा जिल्ला पञ्चायत सिन्धुलीको तीन पटक सदस्य र शिक्षक आयोग सिन्धुलीका अध्यक्ष भई मृतक थापाले जिल्लाको समाज सेवामा उल्लेख्य योगदान पुर्याउनु भएको थियो ।
उहाँले शिक्षक सेवा आयोग सिन्धुलीको अध्यक्ष भएको भेला एकै पटक पाँच सय भन्दा बढी जनालाई स्थायी शिक्षक नियुक्त दिई शिक्षा क्षेत्रमा अविस्मरणिय योग्दान पु¥याउनु भएको जनाईएको छ ।उहाँ सिन्धुलीका लोकप्रिय राजनितिज्ञ हुनुहुन्थ्यो । उहालाई तत्कालिन समयमा राजपरिवारले समाज सेवा पदकबाट समेत विभुषित गरेको थियो ।
मृतक थापाको अहिले एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।