सिन्धुली,३० बैशाख – कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा लागू औषधको कारोबार बढेको छ ।
जिल्लाका स्थानीय तहमा कोरोना भाईरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि अप्नाईएको निषेधाज्ञा तथा बन्दाबन्दिको मौका छोपी लागू औषधको कारोबार बढेको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार जिल्लाको प्रहरी प्रमुखमा सरुवा भएर आभुषण तिम्सिना आएसँगै लागू औषधको कारोबार लगभग शुन्य जस्तै थियो । अहिले तिम्सिना सरुवा भएर गएपछि लागू औषधको कारोबार बढ्दै गएको छ ।
लागू औषधबाट पीडित सदरमुकाम निवासी एक अभिभावकले भन्नुभयो, “जिल्लाको प्रहरी प्रमुखको नेतृत्व फेरिएसँगै लागू औषधको कारोबार बढ्दै गएको छ । कोरोना नियन्त्रणका लागि भनेर जिल्लाका विभिन्न पालिकामा निषेधाज्ञा र बन्दबन्दिको घोषणा गरिएको छ । यातायातका साधन खुल्ला रुपमा सञ्चालन हुन पाएको छैन । यो अवस्थामा लागू औषध भित्रिन्छ कसरी ?”
हाल सञ्चालना रहेका यातायातका साधनहरु पनि चेकजाँच गरि अत्यावश्यकका सामान ढूवानी गर्न छाडिएको भनिए पनि अहिले तिनै यातायातका साधन नै लागूऔषध ओसारपसार गर्ने साधन बनेको हुन सक्ने उहाँको गुनासो छ ।
जिल्लामा लागू औषध बीपी राजमार्ग हुदै राजधानी काठमाडाँै तथा तराईका जिल्लाबाट भित्रिने गरेको स्थानीयको भनाई छ । जिल्लाको सदरमुकाम सञ्चालनमा रहेका केही औषधि पसलहरुले फर्मुला (सुत्र) मिलाएर विभिन्न औषधि मिसाएर बेच्ने गरेको र त्यसरी बेचिएको औषधिले लागू औषधको काम गर्ने स्थानीय बासिन्दा बताउछन् ।
उनीहरुका अनुसार उक्त औषधि सेवन गर्ने दुव्र्यवसनि व्यक्तिहरुले कनपा–५ मधुटारमा रहेका कालिमाई मन्दिरको छेउछाउ, कुना काप्चामा रहेका होटल, एकान्त ठाँउहरुलाई लागु प्रदार्थ सेबन गर्ने थलो बनाएका छन् । याहा लागु प्रदार्थ दुब्र्यसनिहरुको पनि बाक्लो उपस्थिति रहेपनि गसितमा अउका प्रहरीहरुले देखे पनि नदेखेको जस्तो गर्ने गरेको स्थानियहरु गुनासो गर्छन ।
सदरमुकाम सिन्धुलीमाढीमा औषधि पसल सञ्चालन गर्दै आएका एक बिक्रेताले भने आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सदरमुकाका औषधि पसललाई लागू औषध बिक्रि गर्ने इजाजत नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले औषधि पसललाई पनि लागू औषध बिक्री गर्ने ईजाजत थियो, तर अहिले उक्त ईजाजत छैन । अस्पताल सञ्चालन गरेको औषधि पसलले मात्रै अहिले डाक्टरको सिफारिसमा लागू औषध बिक्री गर्न पाउछन् । सिन्धुलीमा अस्पताल नै सञ्चालन गरेका औषधि पसल कहाँ होला र ?”
कुनै व्यक्तिले लुकाईछिपाई ल्याएर उक्त औषधि बेचेको हुन सक्ने उहाको भनाई छ । ती औषधि बिक्रेताका अनुसार बिल अनुसार औषधि आउने र उक्त बिल अनलाईनमा ईन्ट्री गर्नु पर्ने भएकाले औषधि बिक्रेतालाई लागू औषध बिक्री गर्न निकै अप्ठेरो पर्ने देखिन्छ ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्द थपलिया पनि लागू औषध ओसार पसार र कारोबार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही गरि रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लागू औषधको कारोबार गर्ने व्यक्ति भेट्ने बित्तिकै तत्काल नै कारबाही गरि रहेका छौं । व्यापक प्रहरी परिचालन गरी त्यस्ता व्यक्तिको खोज्ने काम पनि भई रहेको छ ।”
लागू औषधको कारोबार गर्ने व्यक्ति फेला परे तत्कालै प्रहरीलाई खबर गर्न अनुरोध गर्दै उहाँले त्यस्तालाई तुरुन्तै पक्राउ गरि कारबाही प्रकृया अघि बढाउने सुनाउनुभयो । प्रहरीले लागू औषधको कारोबार गर्नेलाई सामान सहित पक्राउ गरि कारबाही गरि रहेको पनि बताउनुभयो ।