बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

वैकल्पिक पठनपाठनलाई प्राथमित देऊ

बिहिवार , बैशाख ३०, २०७८

सिन्धुली लगायत देशभर कोरोना भाइरसका कारण शिक्षा क्षेत्र प्रभावित बनेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणकालागि शैक्षिक क्षेत्र बन्द छ । अनलाईन माध्यमबाट पठनपाठनकालागि सिन्धुलीका निजि विद्यालयहरुले कदम चालिसकेका छन् । केहि सामुदायिक विद्यालयमा पनि अनलाईकै माध्यमबाट पठनपाठन भइरहेको छ । पछिल्लो दुई वर्षमा शिक्षा क्षेत्र निकै नै प्रभावित भएको छ । अनलाईन माध्यमबाट पठनपाठन भएपनि प्रभावकारी ढंगमा शिक्षा क्षेत्र चलायमान हुन सकेको छैन । स्थानिय सरकारले शैक्षिक क्षेत्रमा नकारात्मक असर पर्न नदिन विभिन्न कार्यक्रमहरु ल्याएको छ । तर, ती कार्यक्रमहरु श्रोतसाधनको अभावका कारण शैक्षिक क्षेत्रमा कायापलट हुन सकेको छैन । वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा व्यापक असर परिरहेको छ । गाउँघरमा इन्टरनेटको सुविधा नहुँदा विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन् ।

त्यसैगरि, निजी तथा सामुदायिक विद्यालयले पनि पठनपाठनकालागि वैकल्पिक उपायलाई प्राथमिकता दिन सकेको छैन । तसर्थ, निषेधाज्ञाको समयमा शिक्षा क्षेत्रमा नकारात्मक असर हुन नदिन सम्बन्धित निकायले गृहकार्य जरुरी छ । अतः स्थानिय सरकारले पनि शैक्षिक क्षेत्रको अवस्थाका बारेमा बुझि कसरी वैकल्पिक पठनपाठनलाई प्राथमिकता दिनेभन्नेतर्फ विचार गर्न आवश्यक छ ।

प्रतिक्रिया