बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सत्तालाई अब दुर्गन्धित नबनाऔँ

मंगलवार , बैशाख २८, २०७८

सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिलाउन सकेन । योसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादि पार्टीको गठबन्धनमा बहुमतको सरकार बन्ने बलियो संकेत देखिएको छ । प्रधानमन्त्री ओली पदमुक्त भएसँगै वर्तमान अवस्थामा देखिएको समस्याको समाधान गर्नतर्फ बाटो प्रशस्त रुपमा खुलेको छ । माओवादी केन्द्रले केपी ओलीको साथ छोडेपछि सरकार कमजोर भइसकेको थियो । त्यसैगरि, समपूर्ण चलखेल सत्तामा मात्र केन्द्रित हुँदा विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसले नेपालमा अड्डा जमाइरहेको अवस्था थियो । विशेष अधिवेशन पश्चात एउता पक्षमा मात्र केन्द्रित रहेको राजनिति फराकिलो बनेको छ । अब बन्ने सरकारले सम्पूर्ण सत्ताको चलखेललाई बन्द गरेर कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा जुट्न जरुरी छ । यसैगरि, बजेटको तयारीकालागि पनि नव गठित सरकार बलियो रुपमा प्रस्तुत हुन आवश्यक छ ।

प्रधानमन्त्रि केपी ओली दुदर्शि नेता हुन् । तर, पछिल्लो समयमा उनको देखिएको सत्ताको दंभले अन्य दललाई चिढाउन पुग्यो । प्रधानमन्त्री ओलीले आफ्नो काम गर्ने मनोबललाई यथावत् राखि सबैलाई समेटेर अघि बढ्दा देशको हित हुनेछ । तसर्थ, नेपालको राजनितिले अब जुनै मोड लिएपनि सर्वदलिय निर्णयबाट चल्न जरुरी छ । राजनैतिक खेलले गर्दा देशनै संकटमा पर्ने अवस्था आउन नदिन अब सम्पूर्ण राज्यसत्ता कोरोना रोकथाम र नियन्त्रणमा जुट्नुपर्दछ । अतः सत्तालाई अब दुर्गन्धित नबनाई सबै एक्यबद्ध भएर वर्तमान समस्याको समाधान निकाल्न तर्फ उन्मुख हुन जरुरी छ ।

प्रतिक्रिया