शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिड्स नेपालद्वारा अक्सिजन सिलिण्डर सहयोग

सोमवार , बैशाख २७, २०७८

सिन्धुली, – सिड्स नेपाल सिन्धुलीले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई १४ थान सिलिण्डर एक समारोह बीच उपलब्ध गराएको छ ।

पछिल्लो समयमा सिन्धुली जिल्लामा कोभिड १९ को संक्रमण तीब्र रुपमा फैलि रहेको बेला उक्त संस्थाका अध्यक्ष दिपक घिमिरेले र सात केजी अक्सिजन क्षमता भएको १४ थान सिलिण्डर समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई हस्तान्तरण गरेको हो ।

नेपाल सरकारको एकद्धार प्रणालि अन्तर्गत जिल्ला कोभिड संकट ब्यबस्थापन समितिलाई ती अक्सिजनको सिलिण्डर हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी न्यौपानेले उक्त सिलिण्डर अहिले जिल्ला कोभिड सङकट व्यवस्थापन समितिमा रहेको र गाँउपालिकामा पनि पठाउने तयारी भई रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाँउपालिकाबाट पनि माग सङकलन गरि रहेका छौ । कम्तिमा पनि पाँच वटाका दरले गाँउपालिकाका स्वास्थ्य संस्थामा पठाउन सकियो भने राहत हुन्छ भनेर । सबै तिरबाट माग आएपछि समितिको बैठक राखी निर्णय गरेर पठाउछौं । बाकी सिन्धुली अस्पताललाई दिन्छौं ।”

उक्त सिलिन्डरहरु धरौटिमा ल्याइएको हुनाले यसको प्रयोग पश्चात खालि सिलिण्डर सम्बन्धित निकायमा फिर्ता पठाउने गरि उक्त समितिलाई उपलब्ध गराएको सिड्स नेपालले जनाएको छ । संस्थाका अध्यक्ष दिपक घिमिरेले सिड्स नेपाल सिन्धुलीले स्थापनाकालदेखि नै विपदको समयमा अतिजोखिममा परेका समुदाय र निकायहरुलाई मानविय सहायेग गर्दै आएको बताउनुभयो ।

वल्र्ड भिजन नेपालको आर्थिक सहयोगमा सञ्चालित एकिकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तगर्त ती अक्सिजनको सिलिण्डर सहयोग गरेको उक्त संस्थाले जनाएको छ ।

प्रतिक्रिया