शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कोरोना अस्पताललाई १९ थान अक्सिजन

आइतवार , बैशाख २६, २०७८

सिन्धुली – रिलिफ नेपाल सिन्धुलीले सिन्धुली अस्पताललाई १५ र दुधौली नगरपालिकाको सिथौली स्वास्थ्य चौकीलाई ४ वटा अक्सिजन सहितको सिलिन्डर सहयोग गरेको छ । रिलिफ नेपालले कोरोना भाइरसको महामारी सँगै जिल्लामा अक्सिजन सिलिण्डरको अपुग रहेको जानकारी पाएपछि सिलिण्डर हस्तान्तरण गरिएको जनाएको छ ।

शनिबार विपद व्यवस्थापन समिति मार्फत सिन्धुली अस्पताललाई १५ वटा र दुधौली नगरपालिकाको सिथौली स्वास्थ्य चौकीलाई ४ वटा सिलिन्डर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष दुर्गा पौडेलले जानकारी दिनु भयो । जिल्लामा अक्सिजनको अभाव भइरहेको समयमा अक्सिजन उपलब्ध गराई सहयोग गरिएको उहाँले बताउनु भयो ।

उहाँले कोभिड अस्पतालमा जेनेरेटर अत्यावश्यक रहेकाले १ सय केभिए क्षमताको जेनेरेटरको पनि चाडै उपलब्ध जानकारी दिनु भयो

सिलिन्डर हस्तान्तरण गदै रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा पौडेलले जिल्लामा कोभिड संक्रमित विरामीको उपचारमा सिलिन्डर अत्यावश्यक रहेकाले सहयोग गरेको बताउनु भयो । उहाँले जिल्लामा थप सिलिन्डरको भाडामा ल्याउने तयारी गरिरहेको बताउनु भयो ।

जिल्लामा कोरोनाको संक्रमण तिव्र गतिमा फैलिरहेको र सिलिन्डरको आवश्यक भएको बेला रिलिफ नेपालले सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने,प्रदेश सभा सदस्य प्रदिप कटुवाल,राजन दाहाल, मालपोत कार्यालय सिन्धुलीका सुचना अधिकारी, सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेल लगाएत पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया