सिन्धुलीमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । जिल्लाका सबैजसो पालिकामा कोरोना संक्रमित भेटिएका छन् । मुख्यतः भिडभाडका कारण दोश्रो भेरियन्टको कोरोनाले जोखिम निम्ताइरहेको अवस्था छ । विवाह, पुजा, भोजभतेरका कारण अहिले पनि मान्छेहरुको जमघट हुने गरेको छ । यहि समयमा विवाहको लगन धेरै भएकाले मान्छेको भिडभाड बढिरहेको छ । जिल्ला प्रशासनले विवाहमा धेरै मान्छेहरु जमघट नगर्ने आदेश दिइसकेपनि भिड रोकिएको छैन । त्यसैगरि, पारिवारिक भेटघाटले गर्दा पनि जिल्लामा जोखिम बढेको छ । पारिवारिक भेटघाटले जोखिम नबढ्ने मानसिकता कायमनै छ । तर, मानिसको भिडभाड हुनासाथ कोरोना संक्रमणको उच्च जोखिम हुने गर्दछ । त्यसैले, हरेक नागरिक सचेत हुन जरुरी छ ।
नेपाली चलचित्र ‘भैरव’ को एक गितमा “टेन्सनलाई मार्दे गोलीसोली, नाच भेरै नाच” भनेजस्तै अब हरेक नागरिकले मनोरञ्जनलाई मार्दे गोलीसोली, भाग भैरे भाग भन्ने मानसिकता राख्न जरुरी छ । यो समयमा मनोरञ्जन गर्ने भन्दा पनि घरमै बसेर सावधानि अपनाउ आवश्यक छ । बाहिर ननिस्की घरमै मान्छेको भिडभाड गर्दा कोरोना नलाग्ने मानसिकता त्यागि अब सबै सचेत हुनुपर्दछ । अतः महामारीको यो समय एक्लै रमाउने समय भएकोले भिडभाडबाट टाढै बस्न जरुरी छ ।
ो