शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली कोभिड अस्पताललाई समाजसेवी उज्ज्वलबिक्रम थापाबाट वासिङ मेसिन सहयोग

शनिवार , बैशाख २५, २०७८

काठमाडौं- सिन्धुलीको कोभिड अस्पतालका लागि समाजसेवी उज्ज्वल बिक्रम थापाले दुई थान लुगा धुने मेसिन पठाएका छन् ।

सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलले कपडा धुन समस्या परेको जानकारी गराएपछि थापाले उक्त वासिङ्ग मेसिन पठाएका हुन् ।

कोभिड अस्पताल हिजोदेखि सञ्चालनमा आएको छ । तर, अस्पतालमा लुगा धुने मेसिन छैन । सो समस्या सुनेपछि समाजसेवी थापाले दुई थान वासिङ मेसिन पठाएका हुन् ।

कोभीड अस्पतालका लागि व्यवस्थापन गरेको मेसिन सिन्धुली पठाउन लागिएको थापाले जानकारी दिए । थापाले भने, ‘सबै हातेमालो गरेर कोभिडलाई जित्नुछ । यो गुनासो गर्ने बेला होईन, काम गरौं, नसके बाधा नबनौ ।’

प्रतिक्रिया