सिन्धुलीको कमलामाई नगरपालिकाको विभिन्न क्षेत्रहरुमा शुक्रबार जिल्ला प्रशासन लगायत खाद्य उपभोक्ता संस्थाले बजार अनुगमन गरेको छ । दैनिक उपभोग्य सामाग्रीको अभाव र व्यवसायीले चर्को मूल्य लिएको गुनाासे आउन थालेपछि अनुगमन गरिएको हो । निषेधाज्ञा शुरु भएसँगै खाद्यान्न लगायत दैनिक उपभोग हुने सामाग्री उपभोक्ताले भण्डारण गरेर राखेको अवस्था छ । त्यसैगरि, केहि व्यवसायीले भने निषेधाज्ञालाई कमाउने अवसर भएको भन्दै कृतिम अभाव सिर्जना गरिरहेका छन् । अघिल्लो लकडाउन, नाकाबन्दी लगायत अप्ठ्याारो समयमा समेत सिन्धुलीमा कृतिम अभाव सिर्जना गरेर अपभोक्तालाई दुख दिने काम भएको थियो । बजार अनुमगनले अब भने कालोबजारी गर्ने व्यापारीहरुलाई सजग बनाएको छ । धेरैपछिको बजार अनुगमनले गलत मनसायका साथ चर्को मूल्य लिने व्यापारीहरु त्रसित बनेको अवस्था छ । तसर्थ, सम्बन्धित निकायले बजार अनुगमनलाई निरन्तरता दिन जरुरी छ ।
जिल्लाका हरेक पालिकाम सावधानि अपनाएर बजार अनुगमन गर्न जरुरी छ समस्याको घडिमा अवसर देख्नेलाई कानुन बमोजिम कार्वाही गर्नतर्फ जिम्मेवार निकायले अग्रसरता देखाउन जरुरी छ । त्यसैगरि, बजारमा दैनिक उपभोग हुने सामाग्री अभाव हनु नदिन जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, स्थानिय सरकार लगायत सरोकारवाला निकाय चनाखो हुन आवश्यक छ ।