सिन्धुली,२४ बैशाख – क्रियाशील पत्रकार महिला ( डब्लुडब्लुजे ) सिन्धुलीलाई जनसेवा बचत तथा ऋण सहकारी संस्थाले मास्क र स्यानिटाइजर सहयोग गरेको छ ।
शुक्रवार जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण आलेले ( डब्लुडब्लुजे ) सिन्धुलीका अध्यक्ष कृञ्जला पुलामीलाई मास्क र स्यानिटाइजर हस्तान्तरण गर्नु भएको हो ।
महामारीको अवस्थामा फिल्डमा खटिने सञ्चारकर्मीलाई सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष आले बताउनु भयो । साथै उहाँले स्वास्थ्य सामग्रीले सञ्चारकर्मीलाई सहज रूपमा सूचना प्रवाह गर्न केही हदसम्म सहयोग गर्ने अपेक्षा गरिएको बताउनु भयो ।
सामग्री बुझ्दै ( डब्लुडब्लुजे ) सिन्धुलीका अध्यक्ष पुलामीले पत्रकार महिलालाई मास्क र स्यानिटाइजर सहयोग गरेको भन्दै धन्यवाद दिनु भयो । उहाँले उपलब्ध उक्त सामग्री फिल्डमा खटिने सबै क्रियाशील महिला पत्रकारहरूलाई उपलब्ध गराइने बताउनु भयो ।