शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

राष्ट्रिय युवा संघ सिन्धुलीद्वारा हेल्पडेक्स संचालन

शुक्रवार , बैशाख २४, २०७८

सिन्धुली,२४ बैशाख – राष्ट्रिय युवा संघ नेपाल सिन्धुली कमिटीले सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चोकमा शुक्रवार हेल्प डेक्स सञ्चालन गरी स्वास्थ्य सामग्री वितरण गरेको छ ।

युवा संघले कोभिड –१९ बाट बच्न र संक्रमण हुन नदिन अनिवार्य मास्क प्रयोग गर्नुपर्ने भएकाले “मास्क लगाऔँ कोभिड –१९ बाट आफू बचौँ र अरुलाई पनि बचाऔँ” भन्ने नराका साथ मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सागम्री वितरण गरेको छ ।

सुरक्षा र स्वास्थ्य सेवामा खटिएका व्यक्ति तथा अत्यावश्यक परी हिडेका वटुवा लगायतलाई मास्क वितरण गरिएको तथा सेनिटाइजर लगाई जनचेतना जागरण गरेको राष्ट्रिय यूवा संघ सिन्धुलीका अध्यक्ष देवराज वाइवाले जानकारी दिनुभयो । आजको हेल्प डेक्स मार्फत लगभग २ हजार पिस मास्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सदरमुकाममा आज कार्यक्रमको शुरुवात गरिएको भएतापनि यसलाई आवश्यकता अनुसार संक्रमण वढी भएको ठाउँमा सञ्चालन गर्दै निरन्तरता दिने वाइवाले वताउनुभयो ।

हेल्प डेस्क सञ्चालनका क्रममा प्रदेश सभा सांसद् तथा ने.क.पा. एमाले सिन्धुलीका पार्टी अध्यक्ष प्रदिप कटुवाल, प्रदेश साँसद विनोद खड्का, सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेल राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका अध्यक्ष देवराज वाइबा, अखिल अध्यक्ष कृष्ण मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया