बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

निषेधाज्ञाको पहिलो दिनको संदेश

शुक्रवार , बैशाख २४, २०७८

सिन्धुलीमा कोरोना संक्रमितको संख्या बढेपछि विभिन्न पालिकाहरुमा निषेधाज्ञा र बन्दाबन्दी गरेको छ । सिन्धुली सदरमुकामको कमलामाई नगरपालिकामा बुधबार राती १२ बजे देखि निषेधाज्ञा लागुगरे पछि पहिलो दिन बिहिवार बजार क्षेत्रमा सर्वसाधरणको संख्या न्युनतम देखिएको छ । अन्य दिनहरुमा भन्दा बिहिवार तुलनात्मक रुपमा सर्वसाधरण कम देखिएतापनि लुकिछिपि अनावश्यक रुपमा घर बाहिरिने धेरै देखिए । निषेधाज्ञा पालना गराउन प्रहरीको सक्रियता व्यापक देखिएपनि बजार क्षेत्रमा मात्र प्रहरी केन्द्रित भएको गुनासो आएको छ । कमलामाई नगरपालिकाको भित्रि वडामा खासै प्रहरी परिचालन नभएको स्थानियले गुनासो गरेका छन् । अहिलेको अवस्थामा घरबाहिर निस्कदा स्थानिय प्रशासनको कार्वाही बाट जोगिनु भन्दा पनि कोरोना भाइरस बाट जोगीन आफू स्वयं सचेत हुन जरुरी छ । नगरपालिकाका भित्रि वडाहरुमा न्युनतम सावधानी नै नअपनाई हिँड्डुल गर्नेहरुको जमात पनि देखिएको हुँदा त्यस्ता व्यक्तिलाई सचेत गराउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ भने हामीले पनि यो निषेधआज्ञा हाम्रो लागी हो भन्ने बुझ्न जरुरी छ ।

त्यसैगरि, कोरोना सम्बन्धि जानकारी दिन र परामर्शकालागि स्थानिय सरकराले थप फराकिलो सोच बनाउ जरुरी छ । कोरोनाबाट बच्न के गर्ने लगायत अन्य जानकारीको लागि स्थानिय सरकारले थप गृहकार्य गर्नुपर्दछ । निषेधाज्ञाको पहिलो दिन हिँड्डुल गर्नेको संख्या कम भए पनि ठप्पै भने हुन सकेको छैन । कोरोना रोकथाम र नियन्त्रणकालागि स्वयं नागरिक सचेत हुन जरुरी छ । त्यसैले, घर बाहिर ननिस्कन र निस्किहाल्नु पर्ने अत्यावश्यक अवस्थामा मास्क र स्यानिटाइजरको प्रयोग गर्न सचेत हुुनपर्दछ । अतः कोरोनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन जिम्मेवार बन्न आवश्यक छ ।

प्रतिक्रिया