बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एकअर्कोलाई सहयोग गरौँ

बिहिवार , बैशाख २३, २०७८

सिन्धुलीका विभिन्न स्थानिय तहमा कोरोना भाइरस रोकथाम र नियन्त्रण्कालागि निषेधाज्ञा र बन्दाबन्दी गरिएको छ । निषेधाज्ञासँगै श्रम गरेर हात मुख जोड्नेहरुकालागि समस्या हुने निश्चित छ । प्रधानमन्त्रीले भोकै कोहि नमर्ने भन्दै आश्वासन दिइसकेका छन् । कोरोना भाइरसविरुद्ध लड्न सबैको साझा एक्यबद्धता आवश्यक छ । अहिले समस्यामा परेकालाई सहयोग गर्ने बेला हो । छरछिमेकमा निम्न आय भएका परिवारको अवस्थालाई मध्यनजर गर्दै एकले अर्कोलाई सहयोग गर्नु मानवताको विशेषता हो । तसर्थ, लकडाउनका कारण कसैको घरमा आगो निभ्नकालागि समुदायमा साथ र सहयोगको आवश्यकता छ । विगतमा पनि निम्न आय वर्गका परिवार लकडाउनका कारण प्रभावित भएका थिए । उक्त समयमा स्थानिय सरकारले राहत पनि बाढेको थियो । अब निषेधाज्ञा भएसँगै केहि समयपछि राहत बाढ्ने कार्यक्रम संचालनमा आउने छ ।

तर, तत्कालकालागि भने समुदायमा अति प्रभावित भएका वर्गलाई साथ र सहयोगको आवश्यकता रहेकोले सम्पूर्ण नागरिकले आफूले सकेको सहयोग गर्नतर्फ केन्द्रित हुुनुपर्दछ । सावधानि अपनाएर मानविय धर्म निभाउन सबै नागरिक सचेत हुन जरुरी छ । अतः संकटको यो अवस्थामा एकले अर्कोलाई सहयोग गर्न कसैले कञ्जुस्याई गर्नुहुदैँन ।

प्रतिक्रिया