सिन्धुलीको कमलामाई नगरपालिकामा आज (बुधबार) बाट निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका अन्य स्थानिय तहमा पनि बन्दाबन्दिको घोषणा भएको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रणकालागि स्थानिय तहले बन्दाबन्दीको निर्णय गरेको हो । औषधी उपचार एवं अत्यावश्यक कार्यमा बाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । अघिल्लो पटकको लकडाउनमा लुकिछिपि घर बाहिर निस्कनेको संख्या ठूलो थियो । निजि सवारीसाधन आवतजावत गर्न बन्द गरिएतापनि विभिन्न पास देखाएर लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो थियो । उक्त समयमा प्रहरीले कडाईका साथ लकडाउन पालना गर्न निर्णायक भुमिका खेलेको थियो । यसपालिपनि लकडाउन पालना गर्न प्रहरीले भुमिका खेल्नेनै छ । तर, हरेक नागरिक आफैँ सचेत हुन सकेमात्र कोरोनासँग लड्न सकिन्छ । कोरोनालाई पराजय गर्न हरेक नागरिकले आफ्नो भुमिका बिर्सनुहुदैँन । प्रहरीसँग लुकिडुम खेलेर प्रहरीको नजरबाट त टाढा भईएला तर स्वास्थ्यले भने अवश्यपनि पराजय गराउनेछ । तसर्थ, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन हरेक नागरिक सचेत हुन जरुरी छ ।
कोरोनाको समस्या भनेको साझा समस्या हो । कोरोनासँग लड्न हरेक नागरिकले सावधानि अपनाउनुपर्दछ । मास्क र स्यानिटाइजरको प्रयोग गर्नतर्फ सबैले ध्यान दिन आवश्यक छ । त्यसैगरि, प्रशासनको निर्णय विपरित अनावश्यक घर बाहिर निस्केर प्रहरीको नजरबाट बच्ने काम गरेर कसैले बहादुरी देखाउनुहुदैँन । अतः कोरोना रोकथाम र नियन्त्रणकालागि हरेक नागरिकले सावधानि अपनाउनतर्फ विशेष ध्यान दिन जरुरी छ ।