सिन्धुलीमा कोरोना संक्रमिताको संख्या दिनहुँ जसो बढिरहेको छ । सिन्धुलीवासीले भने दैनिक कतिजना कोरोनाबाट संक्रमित भइरहेका छन् भन्ने आधिकारीक जानकारी पाउन सकिरहेका छैनन् । यस्ले गर्दा नागरिकमा त्रास र आतंक मच्चिरहेको छ । कोरोना संक्रमितको तथ्यांक सामाजिक संजालबाट व्यक्तिगत तबरले नागरिकलाई जानकारी दिँदा अन्यौलता थपिएको छ । नागरिकले आधिकारीक निकायबाट संक्रमितको तथ्यांक खोजिरहेका छन् । तर, जिल्ला अस्पतालका केहि व्यक्तिले भने तथ्यांकको पुष्टिनै नभई आधिकारीक धारण नआउँदै सामाजिक संजाल रंगाउदा नागरिकमा अन्यौलता बढेको छ । तसर्थ, संवेदनशिल विषयमा आधिकारीक जानकारी दिनतर्फ सम्बन्धित पक्ष गम्भिर हुन जरुरी छ । व्यक्तिको फेसबुकबाट जानकारी दिन हतार गर्ने भन्दा पनि आधिकारीक निकायबाट सूचना दिनतर्फ जिममेवार पक्ष सचेत हुन आवश्यक छ ।
जिल्ला अस्पतालको व्यवस्थापन समितिको छुट्टै काम कर्तव्यहरु छन् । अहिलेको अवस्थामा जनशक्ति उपलब्धता गराउनतर्फ समितिले विशेष जोड दिन जरुरी छ । संक्रमितको तथ्यांक दिन हतारो गर्दै आफ्नो पदको दुरुपयोग गरिनुहुदैँन । कमलामाई नगरपालिका–६ स्थित आईशोलेसन युनिट अहिलेसम्म पनि संचालनमा आउन सकेको छैन । जनशक्ति अभावका कारण करोडौँ रुपैँयामा बनेको आईशोलेसन युनिट थन्किएको अवस्था छ । व्यवस्थापन समितिले तत्काल जनशक्ति उपलब्ध गराउन गृहकार्य गर्न जरुरी छ । त्यसैगरि, अन्य निकायले पनि आफ्नो कर्तव्य नबिर्सेर कसरी कोरोना रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनेर विशेष ध्यान दिन आवश्यक छ । अतः आफ्नो कर्तव्यबाट टाढा बसेर अरुको काम आफूले गर्नतर्फ कसैले प्राथमिकता दिनुहुदैँन ।