शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मालपोत कार्यालय सिन्धुलीको सेवाप्रवाह बन्द हुने

सोमवार , बैशाख २०, २०७८

सिन्धुली, २० बैशाख- मालपोत कार्यालय सिन्धुलीको सेवा प्रवाह बन्द हुने भएको छ । कार्यालयमा सेवाग्राहीको भिड बढेकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै मङ्गलबार देखि एक हप्ताका सम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने मालपोत कार्यालय सिन्धुलीका सुचना अधिकारी पुरुषोत्तम दाहालले बताउनु भयो

।

उहाँका अनुसार कार्यालयको कर्मचारीमा कोरोना भाइरसको लक्षण देखा परेको भन्दै थप फैलिन नदिन सेवा प्रवाह बन्द गरिने भएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा उक्त निर्णय गरिएको हो ।

 

प्रतिक्रिया