शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

दुधौलीमा दुई वटा कम्पनिको ठेक्का रद्ध

सोमवार , बैशाख २०, २०७८

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाले नदिजन्य पदार्थ संकलन तथा बिक्रीका लागि गरिएको ठेक्काको शर्त अनुसार पालना नगरेको भन्दै दुई कम्पनिको ठेक्का रद्ध गरेको छ ।

सम्झौता अनुसारको शर्त पालना नगर्ने काठमाडौँमा रहेका सानु एण्ड मुना कन्ट्रक्सन प्राली र पवित्र ईन्जिनियरिङ कन्ट्रक्सन प्रालीको ठेक्का रद्ध गरेको दुधौली नगरपालिकाले जनाएको छ ।

२०७७ साल भदौ २९ गते निकालिएको ठेक्काको सानु एण्ड मुना कन्ट्रक्सन प्रालीले २०७७ मंसिर ८ गते सम्झौता गरेको थियो भने पवित्र ईन्जिनियरिङ कन्ट्रक्सन प्रालीले २०७७ कात्तिक २१ गते सम्झौता गरेको थियो । तर सम्झौता अनुसारको रकम नगरपालिकालाई हालसम्म पनि उपलब्ध नगराएकाले दुबै कम्पनिको ठेक्का रद्ध गराएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार सानु एण्ड मुना कन्ट्रक्सन प्रालीले मूल्य अभिबृद्धि कर सहित ६७ लाख १६ हजार ६८४ रुपैया र पवित्र ईन्जिनियरिङ कन्ट्रक्सन प्रालीले मूल्य अभिबृद्धि कर सहित ३४ लाख ३५ हजार रुपैयामा यो बर्षको लागि ठेक्का लिएको थियो ।

नगरपालिकाले दुबै कम्पनिलाई पत्रचार समेत गरेको छ । सानु एण्ड मुना कन्ट्रक्सन प्रालीले सम्झौता अनुसार दुधौली नगरपालिकालाई दोस्रो किस्ता बापत २६ लाख ८६ हजार ६७३ रुपैया ८० पैसा र पवित्र ईन्जिनियरिङ कन्ट्रक्सन प्रालीले पनि दोस्रो किस्ता बापत १४ लाख एक हजार रुपैया भुक्तानी गर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

दुबै कम्पनिले नगरपालिकालाई बुझाउनु पर्ने रकमको पहिलो किस्ता बैंक ग्यारेन्टिबाट असुल गरेको र दोस्रो किस्ता नबुझाएपछि ठेक्का रद्ध गरिएको नगरपालिकाका प्रबक्ता रितेस राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया