शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउन अनुरोध

सोमवार , बैशाख २०, २०७८

सिन्धुली, – सिन्धुलीमा आइतवार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा नेपाल सरकार (मन्त्रिपरिषद्को निर्णय अनुसार) कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले गर्नको लागि डि.सि.सि.एम.सि. संरचनाको बैठक बसेको छ ।

बैठकले राष्ट्रिय परिचयपत्रको अभियान संचालनमा रहेको सुनकोशी गाउँपालिकाको वडा नं. ५ र गोलन्जोर र फिक्कल गाउँपालिकामा संचालन भइरहेकोे परिचयपत्र वितरण कार्यक्रम आइतवार बाटै अर्को सूचना नभए सम्म स्थगन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका स्थायी प्रकृतिका पसल, डिपार्टमेन्ट स्टोर, होटल लगायतका व्यापारिक केन्द्रहरुमा स्वास्थ्य मापदण्ड नअपनाई संचालनमा रहेको पाइएकोले स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई संचालनमा ल्याउन उद्योग बाणिज्य संघ र सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै कोभिड–१९ को संक्रमण दर बढ्दो गतिमा रहेको अवस्थामा कन्ट्रया ट्रेसिङ्लाई तिव्रता दिन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने, कोभिड अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लाण्टलाई प्रभावकारी रुपमा संचालन गर्न सिन्धुली अस्पताललाई अनुरोध गर्ने लगाएको महत्वपुर्ण निर्णयहरु गरिएको जिल्ला प्रसासन कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै समितिले तीनपाटन र घ््याङ्लेख गाउँपालिकामा कार्यरत स्वास्थ्य कर्मचारीहरुलाई जिल्ला कोभिड अस्पतालमा काजमा खटाईदिन अनुरोध गर्ने , गत वर्ष संचालनमा ल्याइएको एपोलो हस्पिटलको आइसोलेसन सेन्टरलाई पुनः संचालनमा ल्याउन स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताल र कमलामाई नगरपालिकालाइ अनुरोध गरिने निर्णय गरेकोे छ ।

बैठकमा सिन्धुली जिल्ला अधिकारी सुरेश न्यौपान, सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धी प्रकास सिटौला, प्रमुख सेनानी बिजय थापा, प्रहरी उपरीक्षक गोबिन्द थपलिया, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद पौडेल, जनस्वास्थ्य अधिकृत जितेन्द्र कुमार शाह लगाएत जिल्लाका सम्बन्धित निकाएको प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया