नेपालमा आइतबार हालसम्मकै धेरै कोरोना संक्रमित भेटिएकका छन् । सिन्धुलीमा पनि दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोना संक्रमण बढेसँगै विभिन्न स्थानिय तहले लकडाउन गरेका छन् । केहि पालिकामा भने लकडाउन गरिएको छैन । जिल्लाका सम्पूर्ण स्थानिय तहमा लकडाउन गरिनुपर्छ भन्दै आवाज उठिपनि रहेको छ । स्थानिय सरकारले आगामी दिनमा लकडाउन गर्ला/नगर्ला यो आफ्नो ठाउँमा छ । तर, हरेक नागरिकले भने आफू सुरक्षित भएर बस्न जरुरी छ । सरकारले लडाउन गरेपनि नगरेपनि नागरिकले आफू लकडाउन भएर बस्ने हो भने त्यो भन्दा उत्तम सावधानि अरु केहि हुने छैन । अहिले पनि जिल्लामा न्युनतम सावधानि नअपनाई सर्वसाधरण भिडभाड क्षेत्रमा हिँडिरहेको अवस्था छ । त्यसैगरी, जिम्मेवार निकाय पनि आवश्यक मानविय संसाधनको व्यवस्थापन गर्नेभन्दा पनि सामाजिक संजाल रंगाउन तर्फ व्यस्त भएको अवस्था छ । जिल्लामा करोडौँ मूल्यमा बनेको आईशोलेसन युनिट जनशक्ति अभावका कारण संचालनमा आउन सकेको छैन । यता, केहि जिम्मेवार व्यक्ति भने लकडाउन गरिनुपर्छ भन्दै चर्को आवाज उठाइरहेका छन् । हरेक व्यक्तिले आफ्नो कर्तव्य नबिर्सी काम गर्ने हो भने कोरोना रोकथाम र नियन्त्रणकालागि अहिलेको जस्तो मुश्किल अवस्था हुनेथिएन ।
तसर्थ, जिम्मेवार निकायले कोरोना रोकथाम र नियन्त्रणकालागि मानविय संसाधनको व्यवस्थापन, आवश्यक श्रोतको उपलब्धता र हरेक नागरिकले न्युनतम सावधानि अपनाउनतर्फ जोड दिन जरुरी छ । अतः कोरोना रोकथाम र नियन्त्रणकालागि राज्यको मात्र मुख ताक्ने भन्दा पनि आफू सचेत भई सावधानि अपनाउतर्फ विशेष प्राथमिकता दिन आवश्यक छ ।