सिन्धुली – कोरोनाको संक्रमण देखिए पछि तीनपाटन गाउँपालिका ले वडा नं ५ को लंगुरखोला क्षेत्र एक साताको लागि सिल गरेको छ ।
गाउँपालिकाले हाल कोभिड १९ को नयाँ भेरिएण्टको संक्रमण वडा नं ५ को लंगुरखोलामा अन्दाजी ७० वर्षका एक पुरुषमा देखिएकोले सो क्षेत्र एक साताको लागि सिल गरेको हो ।
लंगुरखोला क्षेत्रमा समेत कोरोना संक्रमित बिरामी देखिएकोले सो को नियन्त्रण रोकथाम गरी समुदायमा संक्रमण फैलिन नदिन उक्त वडाको लंगुरखोला क्षेत्रको अँधेरी मूलबाटोबाट सिसा बोटेसम्मको क्षेत्र भित्र ७ सात दिन सम्म आवतजावतमा बन्देज लगाइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी ले जानकारी दिनु भयो ।