सिन्धुली, – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनकोशी गाउँपालिका सिन्धुलीले शुक्रवार गाउँमलिकाको बिभिन्न वडामा रहेका आग्लागी पिडितहरुलाई राहत सामग्री बितरण गरेको छ । सुनकोशी गाउपालिका– ५ रामटारमा रहेको (माओवादी केन्द्र) को गाउँ पार्टी कार्यालयबाट पार्टीका जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश साम्सद राजन दाहालले पिडित परिवारलाई राहत सामग्री बितरण गर्नु भएकोे सुनकोशी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष दाहालले जानकारी दिनु भएको छ ।
राहत सामग्री पाउनेमा गाउपालिकाको वडानम्बर एक हातेडाडाका राम बहादुर सार्की, वडानम्बर दुईका पदम बहादुर बिक, वडानम्बर पाँच टारीगाउँका चतुरे दमाई, धनबहादुर बिक, जमुना बिक र भक्त बहादुर सुनुवार रहनु भएको छ ।
वडानम्बर एक र दुईका राम बहादुर र पदम बहादुरको घर चट्याङ्मा परी जलेर नष्ट भएको थियो भने वडानम्बर पाँचका आगलागी पिडितको घर जङ्गलमा लागेको आगो घरमा सल्किएर जलेको थियो ।
माओवादी केन्द्र सुनकोशी गाउँपालिका सिन्धुलीको सहयोगमा आगलागी पिडित परिवारलाई दुई–दुई बण्डल जस्ता, चामल एक–एक बोरा, दाल दुई केजि, नुन दुई पाकेट, तेल दुईलिटरको दरले बितरण गरिएको अध्यक्ष दाहालले बताउनु भयो ।