शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाई नगरपालिकाद्वारा विकास निर्माणका योजना अनुगमन

बुधवार , बैशाख १५, २०७८

सिन्धुली, – कमलामाई नगरपालिका अन्तगर्तको ११ नम्बर वडामा सञ्चालन भएका योजनाको अनुगमन गरिएको छ । नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको नेतृत्वमा ११ नम्बर वडाको निमार्ण सम्पन्न भएको स्वास्थ्य भवन र सडकको सोमबार अनुगमन गरिएको हो ।

नगरपालिकाको कुल ९७ लाख ८२ हजार ८ सय ५८ रुपैया ४५ पैसा लागतमा निमार्ण सम्पन्न भएको कनपा ११ को थरहरीमा स्वास्थ्य भवन निमार्ण अनुगमन गरिएको  छ । भवन निमार्णको लागि गत जेष्ठमा सृजनशिल निमार्ण सेवा कनपा ६ सिन्धुलीसँग सम्झौता भएको थियो । मंसिर मसान्त सम्ममा निमार्ण सम्पन्न गरिने सम्झौता भए पनि कोरोना भाइरसको कारण निमार्ण कार्य ढिला भएको र २ महिना समय थप गरि भनव निमार्ण सम्पन्न गरेको निमार्ण व्यवसायी विजय कुवरले बताउनु भयो ।

स्वास्थ्य चौकि ८ कोठे पक्कि भवन सहित शौचालय निमार्ण गरिएको छ । स्वास्थ्य चौकि निमार्ण भएसँगै २ हजार ५ सय नागरिक लाभान्वित हुने छन् । उक्त भवन अनुगमनको क्रममा उपप्रमुख देवकोटाल भवन योजना अनुसारको निमार्ण भएकोे बताउनु भयो ।

यस्तै कनपा ११ को सुन्डाँडा बाझे भ्यागुरे सडक स्तरोन्नतीको कार्य सम्पन्न भएको छ । नगरपालिकाको कुल २५ लाख लागतमा उपभोक्ता समिति मार्फत सडक स्तरोन्नती सम्पन्न भएको हो । गत पुषमा सडक स्तरोन्नतीको काम सुरु भएको थियो । यहि बैशाख अन्तिममा निमार्ण सम्पन्न गरिने सम्झौता भएता पनि एक महिना अगाडीनै काम सकिएको उपभोक्ता समितिका अध्यक्ष मदन बहादुर मगरले बताउनु भयो । सडकबाट ३ हजार नागरिक लाभान्वित हुने छन् ।

कनपा ११ कै पल्लो धान्ङ्गले सिमलबोट हुदै तिनपाटन गाउँँपालिका जोड्ने सडक खण्डको निमार्ण कार्य सम्पन्न भएको छ । नगरपालिकाको कुल १२ लाख ५३ हजार २ सय ७१ रुपैया लागतमा अपुग भइ १ लाख थप गरि नयाँ सडक खोलिएको उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर खपाङ्गीले बताउनु भयो ।

निमार्ण सम्पन्न भएका सडक योजना अनुसारको काम भएको अनुगमनको क्रममा कमलामाई नगरपालिकाको योजना शाखाका इन्जिनिर आस्तिक बरालले बताउनु भयो । उपप्रमुख देवकोटाले पल्लो धान्ङ्गले सिमलबोट हुदै तिनपाटन गाउँँपालिका जोड्ने सडक खण्डको काम राम्रो भएको भन्दै उपभोक्ता समितिका अध्यक्ष खपाङ्गीलाई धन्यवाद व्यक्त गर्नु भयो ।

योजना अनुगमनमा उपप्रमुख देवकोटाको नेतृत्वमा इन्जिनिर आस्तिक बराल,कानुन अधिकारी टंक विक्रम थापा, सब इन्जिनियर टंक कार्कीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया