बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नागरिकको पीडालाई बुृझ

बुधवार , बैशाख १५, २०७८

सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित गैरिबजार क्षेत्रमा सडक विस्तारका क्रममा स्थानियले दुःख पाइरहेका छन् । निर्माणाधिन संरचनाले गर्दा स्थानिय पिडित हुनुको कारण ढिलासुस्ती र निर्माणमा देखिएको कमिकमजोरीहरु हुन् । निर्माणको समयमा वरपरका क्षेत्रहरुलाई कसरी नकारात्मक प्रभाव नपरोस् भन्ने ठेकेदार कम्पनिमा ज्ञान हुनुपर्दछ । तर, ती सबै कुरालाई बेवास्ता गर्दै एकोहोरा रुपमा स्थानियलाई पीडा दिनु नागरिकको हक अधिकारमाथिनै धावा बोल्नु सरह हो । नगरमा देखिएको लापर्वाहीसँग जनप्रतिनिधि परिचित नहुने कुरै छैन । किनभने, कमलामाई नगरपालिकाको मुख्य ठाउँमै लापर्वाहीपूर्ण तरिकाले काम भइरहेको छ । निर्माणाधिन सडकबाटै जनप्रतिनिधिका गाडी गुडिरहन्छ । स्थानियले यस विषयमा सरोकारवाला निकायलाई ताकेता गरिरहदा पनि राज्य मौन छ । राज्यको अंगले कामनै नगरेको नागरिकले प्रत्याभुति गरिरहेका छन् । तसर्थ, यी सबै समस्यालाई मध्यनजर गर्दै जनताका प्रतिनिधि र राज्यको प््रतिनिधिले सुल्झाउनतर्फ लाग्नुपर्दछ । स्थानियसँग छलफल गरेर उनीहरुलाई विश्वास दिलाउन तर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

अतः नागरिकको पीडालाई बुझ्नतर्फ जनप्रतिनिधि र जिम्मेवार निकायले थप लचकता देखाउन अग्रसर हुनुपर्दछ ।

प्रतिक्रिया