सिन्धुली,१४ बैशाख – कोरोना भाइरस संक्रमणको माहामारी नियन्त्रणको लागि सिन्धुलीमाढीमा मास्क वितरण गरिएको छ । मंगलवार “कोरोना भाइरसबाट आफु पनि बचौ,अरुलाई पनि बचाऔ” भन्ने नाराको साथ सिन्धुलीमाढीको धुराबजार,स्टलबजार, एक नम्बर बजार, गैरीबजार, र दुइ नम्बरबजारमा मास्क वितरण गरिएको हो ।
बजारका व्यापारी,सर्वसाधान लगाएत सवारी चालकलाई मास्क वितरण गरिएको छ । सिन्धुली अस्पताल,उद्योग वाणिज्य संघ सिन्धुली,नेपाल पत्रकार महासंघ सिन्धुली,नेपाल रेडक्रस सोसाइटी सिन्धुली,सिड्स नेपाल सिन्धुली,रिलिफ नेपाल सिन्धुली र जिल्ला प्रशासन कार्यालय सिन्धुलीले संयुक्त रुपमा मास्क वितरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने,जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलिया,पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेल,नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष असोक श्रेष्ठ, रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा पौडेल,सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरे लगाएको उपस्थितिमा “तपाइको मास्क खोई,भौतिक दुरी कायम गरौ,सेनिटाइजर प्रयोग गरौँ” लगाएतको प्लेकार्ड देखाई मास्क वितरण गरिएको थियो ।