अहिले दोश्रो भेरियन्टको कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । सिन्धुलीमा दोश्रो लहरको कोरोना भाइरसबाट संक्रमितको संख्या १९ पुगिसकेको छ । दिनहुँजसो सिन्धुलीमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोना परिक्षणको दायरा बढाउने हो भने यो संख्या अझैँ बढ्ने निश्चित छ । कोरोनाको जोखिम बढिरहदा पनि जिल्लामा सावधानि भने अपनाइएको छैन । जिल्ला प्रशासनले कोरोनाबाट बच्नकालागि केहि मापदण्डहरु तोकिसकेको छ । तर, प्रशासनकै निर्णय लत्याएर कोरोना भाइरस फैलन सक्ने कार्य भइरहेको छ । कमलामाई नगरपालिकामा गत शनिबार संचालन भएको हाटबजार पनि एउटा उदाहरण हो । सर्वसाधरणले पनि कोरोना भाइरसबाट बच्नकालागि न्युनतम सावधानि अपनाएका छैनन् । भिडभाडमा मास्कको प्रयोग नै नगरेको गरेको दृश्यहरु देख्न सकिन्छ । तसर्थ, सरोकारवाला निकायले नागरिकमा चेतना फैलाउन आवश्यक कार्यक्रमहरु संचालनमा ल्याउन जरुर िछ । त्यसैगरि, कोरोना भाइरसको परिक्षणको दायरा बढाउन पनि सम्बन्धित निकायले केन्द्रमा पहल गर्न आवश्यक छ ।
कोरोना भाइरसको संक्रमित जिल्लामा नबढ्लान भन्न सकिन्न । त्यसैले, अस्पतालमा आवश्यक सम्पूर्ण सामाग्रीहरुको व्यवस्थापन गर्न जिम्मेवार निकाय चनाखो हुनुपर्दछ । त्यस्तै, आवश्यक जनशक्तिको व्यवस्थापन, कोरोना संक्रमितको उपचार स्थलमा चाहिने सामाग्री लगायत सम्पूर्ण तयारी गर्नतर्फ सम्बन्धित निकाय गम्भिर भएर लाग्न जरुरी छ । अतः स्थानिय सरकार लगायत जिम्मेवार निकाय कोरोनासँग जुध्न तयारी अवस्थामा रहन विशेष जोड दिन आवश्यक छ ।