शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाई नगरपालिका भित्र ४ पक्कि पुल निमार्ण तिब्रगतिमा

सोमवार , बैशाख १३, २०७८

सिन्धुली,१३ बैशाख – कमलामाई नगरपालिका भित्र यहि आर्थिक(२०७७÷०७८)वर्षमा ४ वटा पक्कि पुल निमार्ण हुने भएको छ । बागमती प्रदेश सरकारको करोडाँै लागतमा कनपा ९ र कनपा १० जोड्ने कमलाखोला, कनपा ७ गडौलीखोला, कनपा ६ माडिबजार र कनपा ५ कारागार जोड्ने ग्वाङखोला र गैरीबजारबाट मधुटार जोड्ने ग्वाङखोलामा यहि असार मसान्त सम्ममा सकिने लक्ष अनुसार पुल निमार्ण कार्य भइरहेको छ ।

कमलामाई नगरपालिका ९ र कमलामाई नगरपालिका १० सरकारीटोल कुलाखोला जोड्ने कमलाखोलामा २० करोड १९ लाख लागतमा पक्कि पुल निमार्ण धमाधम भइरहेको छ । २ सय १६ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निमार्ण हुने उक्त पुलको निमार्ण ६० प्रतिशत सम्पन्न भइसकेको छ । कमलाखोलाको पुल बागमती प्रदेश सरकारले निमार्ण गरेको पुल मध्येमा सबै भन्दा लामोे र वढी लागत रहेको प्रदेशसभा सदस्य विनोदकुमार खड्काको दावी छ ।

यस्तै, सिन्धुली भिमस्थान चकमके सडक खण्ड अन्तगत कमलामाई नगरपालिका ७ गडौलीमा ४ करोड लागतमा पक्कि पुल निमार्ण कार्य तिव्र गतिमा भएको छ । ६४ मिटर लम्बाई र ९.९० मिटरको चौडामा निमार्ण हुने उक्त पुल गाल्वा धुलिखेल सिर्जना जे.भिले निमार्ण गरिरहेको छ । हाल उक्त पुल ४० प्रतिशत निमार्ण सम्पन्न भइसकेको छ । गडौली खोलामा पुल नहुदाँ वर्षाको बेला खोला तर्ने क्रममा नागरिकले ज्यानै गुमाउनु परेको कारण पुल निमार्ण सुरु गरिएको प्रदेशसभा सदस्य खड्काले बताउनु भयो ।

यस्तै कमलामाई नगरपालिका ६ माडिबजार र कमलामाई नगरपालिका ५ कारागार जोड्ने ग्वाङखोलामा ४ करोड ४१ लाख लागतमा पक्की पुल तिव्र गतिमा निमार्ण भइरहेको छ । हाल उक्त पुलको निमार्ण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको छ । पुल ३५ मिटर लम्बाई र ७ मिटर चौडाइको निमार्ण हुने छ । पुल निमार्णको कार्य देविरमन जेभि ललितपुर काठमाडौँले गरिरहेको छ ।

यस्तै, गैरीबजार, मधुटार ग्वाङखोला पुलको निमार्ण पनि तिव्र गतिमा भइरहेको छ । बागमती प्रदेशको ३ करोड ५६ लाख ३ हजार ७५ रुपैया ७१ पैसा लागतमा निमार्ण हुने उक्त पुल हाल ६० प्रतिशत निमार्ण कार्य सम्पन्न भइरहेको छ । पुल ४० मिटर लम्बाइ र ७ मिटको चौडाइमा निमार्ण हुने निमार्ण कम्पनिका उद्वव दाहाले जानकारी दिनु भयो ।उक्त पुलको गाल्वा धुलीखेल सिर्जना जेभि बानेश्वर काठमाडाँैले पुल निमार्णको काम गरिरहेको छ ।

प्रतिक्रिया