बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सर्पदंश र सावधानि

सोमवार , बैशाख १३, २०७८

विगतका वर्षहरुमा सिन्धुलीमा सर्पदंशका कारण धेरै मानविय क्षति भएका छन् । चैत्रदेखि कार्तिकसम्म सर्पदंशका घटना बढी हुने गर्छन् । अन्य महिनामा यस्ता घटना केही कम मात्रामा हुन्छन् । यो समयमा अत्यधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प दुलोबाट सतहमा आउने र पानीमा बस्ने सर्प पनि पानी तातो भएपछि बस्न नसकेर जमिनमा आएका कारण सर्पदंशको घटना बढ्ने गर्दछ । सर्पदंशको शिकार प्रत्येक साल धेरैले ज्यान गुमाउने गर्दछन् ।

सिन्धुलीको दुधौली नगरपालिका लगायत अन्य स्थानिय तहमा सर्पको विगविगि नै छ । तर, उपचारकालागि आवश्यक पुर्वाधार नहुँदा अकालमै उपचार नपाएर मृत्यु हुने गरेको छ । सर्पको टोकाइबाट उपचारकालागि केहि पुर्वाधारहरु भएपनि ती पर्याप्त छैनन् । त्यसैगरि, समुदायमा सर्पका बारेमा चेतना नहुँदा पनि मानविय क्षति बढि हुने गरेको छ । केहि ठाउँहरुमा त सर्पको टोकाइपछि धामीझाँक्रीबाट उपचार गराउने प्रयास पनि भइरहेको छ । यस्तो अवस्थामा बिरामीले बेलैमा उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ ।

सर्पदंश उपचारको लागि स्वास्थ्यकर्मीलाई तालिम दिन अहिले देखिनै स्थानिय सरकारले कञ्जुस्याँइ गर्नुहुदैँन । त्यसैगरि, सर्पदंशको समस्या भएका क्षेत्रहरु पहिचान गरि त्यहाँ जनचेतना फैलाउन तर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्य छ । स्वास्थ्यचौकिमा सर्पको टोकाईपछि प्रयोग हुने औषधि तथा प्राथमिक उपचारको व्यवस्थ ागर्नतर्फ जिम्मेवार निकायको ध्यान जान जरुरी छ । अतः सिन्धुलीसर्पदंशका दृष्टिल जोखिमपूर्ण क्षेत्र मानिएको हुँदा उपचार र न्युनिकरणकालागि सम्बन्धित निकाय तयारी अवस्थामा रहन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया