सिन्धुली,१२ बैशाख– जनजाति समाज विकास कार्यक्रम (जे.एस डि.पि) सिन्धुलीले प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित युवाहरुको नेतृत्व र निर्णय परियोजना अन्र्तगत स्थानिय स्तरमा युवाहरुको परिचालन, व्यवस्थापन र नमुना युवा सांसद कार्यक्रमको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न गरेको छ । कार्यक्रम कमलामाई नगरपालिका प्रमुख खड्क वहादुर खत्रीको अध्यक्षता सम्पन्न भएको हो ।
कार्यक्रममा वोल्दै कमलामाई नगरपालिका प्रमुख खड्कबहादुर खत्रीले यस्तो कार्यक्रम एकदमै समय सापेक्ष रहेको र हामीहरु पनि यस्ता विषयहरु प्रति ज्ञाता भएतापनि त्यतिध्यान नगएको र अवकादिनमा यस कमलामाई नगरपालिकामा निमार्ण भएको युवा तथा खेलकुद नितीलाई परिमार्जन गरि युवाहरुको सहभागिता र नेतृत्वका विषयहरु पनि समावेश गरेर लैजाने बताउनु भयो । उहाँले वडाका वैठक तथा विविध कार्यक्रमहरुमा युवाहरुको सहभागिताको सुनिश्चितता गर्ने, वडामा गएको लक्षित वर्गको वजेटहरुको विषयमा युवाहरुलाई जानकारी गराउने बताउनु भयोे ।
खत्रीले कमलामाई नगरपालिकाका १ देखि १४ वटै वडाहरुमा युवाक्लवहरुको निमार्ण तथा पालिका स्तरको युवा सञ्जाल गठन प्रक्रियामा आफुले वजेट छुट्याउनुको साथै यस्ता प्रक्रिया अगाडी वढाउनेमा समेत प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
आगामी दिनमा युवाहरुको वडा तह देखि पालिका तह सम्म सहभागितामुलक सहभागिता कसरी वृद्धि गर्ने, युवाहरुलाई विषयगत दक्षतामा वृद्धि गराई स्थानिय तहको नेतृत्व र पैरवी गर्न युवाहरुलाई सक्षम बनाउने, राज्यको तल्लो तह गाँउ तथा नगरलाई युवा मैत्रि बनाउनको लागी तथा दिगो विकासका लक्ष्यहरुलाई आफ्नो परिवेक्षमा स्थानीयकरण र कार्यान्वयनमा उनिहरुलाई कसरी नेतृत्वदायी भुमिकामा पुर्याउने, त्यसकालागी स्थानियपालिकाको भुमिका कस्तो रहने भन्ने बिषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको जेएसडिपी सिन्धुलीका कार्यक्रम संयोजक मिनबहादुर रायले जानकारी दिनु भयो ।
कार्यक्रम कमलामामाई नगरपालिका उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, नगरपमलिकाको १४ वटै वडाका वडा अध्यक्षहरु, सामाजिक शाखा, महिला तथा वालवालिका शाखा, जिल्ला युवा सञ्जालका अध्यक्ष र जनजाती समाज विकासका उपाध्यक्ष लगाएतको उपस्थितितिमा सम्पन्न भएको हो । सम्पन्न कार्यक्रमको सहजिकरण जनजाती समाज विकासका उपाध्यक्ष सुष्पा भुजेलले गर्नु भएको थियो भने कार्यक्रम संयोजक मिनबहादुर रायले गर्नु भएको थियो ।