सिन्धुली,११ बैशाख – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार कमलामाई नगरपालिका–४ धुराफाँट, मिलन चोक लगायतका ठाँउका होटलबाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्याल, जिल्ला प्रहरी कार्यालय र उद्योग बाणिज्य संघको संयुक्त टोलीले धुराफाँट, मिलनचोक लगायतको स्थानमा रहेका होटलबाट बरामद गरेको ४० लिटर घरेलु मदिरा र २६० लिटर कच्चा पदार्थ बरामद गरि नष्ट गरेको उक्त कार्यालयले जनाएको छ ।
स्थानीयको रोहबरमा उक्त मदिरा नष्ट गरेको प्रहरीको भनाई छ ।